
४ चैत, भैरहवा । हामीलाई थाँहा छ– महिनावारीका कारण नेपालका कतिपय ठाउँमा छात्रा विद्यालय जान सकेका छैनन् । यसले महिनामा एउटी छात्राको करिब ४–५ दिन पठनपाठन रोकिने गर्छ । यस्तो समस्या ग्रामिण क्षेत्रमा अझ विकराल छ ।
तर, रुपन्देही भैरहवास्थित बुद्धज्योति माध्यमीक विद्यालयका विद्यार्थी महिनावारीको समस्याबाट मुक्त हुन पाएका छन् । यो विद्यालयले आफ्ना विद्यार्थीलाई लक्षित गरी स्यानटरी प्याड भेन्डिङ मेसिन रखेको छ जहाँ, विद्यार्थीले एक रुपैयाँको सिक्का हालेपछि स्वचालित रुपमा प्याड निस्कन्छ ।
हुन त यसअघि पनि विद्यालयले छात्रालाई प्याड दिने गरेको थियो । तर आवस्यक परेको बेला र शिक्षिका नहुँदा विद्यार्थीले प्याड माग्न गार्हो मान्थे स्वचालित मेसिन राखेपछि भने छात्रालाई न कसैसँग प्याड माग्ने झन्झट भएको छ, नत रकमकै ।
सोमबारको अन्न्पूर्ण अन्नपूर्णपोष्ट दैनिकमा सलमान खानले भैरहवाबाट लेखेका छन् ।
वि.सं.२०७५ चैत ४ सोमवार ०७:३९ मा प्रकाशित






























