back
CTIZAN AD

महिला सहयात्रा वित्तीय संस्थालाई अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०७५ चैत ८ शुक्रवार

606 

shares

८ चैत, काठमाडौँ । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ‘राजकुमारी सर्विका विन्त इब्राहिम अल खालिफा ग्लोबल अवार्ड’बाट सम्मानित भएको छ ।

विभिन्न मुलुकका एक हजार ८८७ संस्थाले प्रतिस्पर्धा गरेकामा महिला सहयात्राले एक लाख अमेरिकी डलरको सो अवार्ड प्राप्त गरेको हो । उक्त संस्थाले देशका १७ जिल्लाका दुर्गम र पिछडिएका क्षेत्रका २८ हजार महिलालाई लघुवित्त सेवा पु¥याइ लघुउद्यमको विकासमा योगदान गरेबापत उक्त अवार्ड प्रदान गरिएको हो । बहराइनकी राजकुमारीले उक्त सम्मानका लागि खर्च व्यवस्थापन गरेको बताइएको छ ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत डा सुमित्रा मानन्धर गुरुङले गत फागुन २७ गते संयुक्त राष्ट्रसङ्घमा महिलाको अवस्थासम्बन्धी ६३औँ महासभामा सम्मान आफूले ग्रहण गरेको जानकारी दिइन् । विसं २०६९ मङ्सिर १४ मा स्थापना भएको उक्त संस्थाले हाल २६ शाखा विस्तार गरेकामा २१ शाखा कार्यालय अति विकट जिल्लामा समुदायको आर्थिक तथा सामाजिक विकास कार्यमा सक्रिय छन् । संस्थाले रु सात करोड ७० लाखको चुक्ता पूँजीबाट कारोवार शुरु गरेकामा हाल सर्वसाधारणका लागि रु तीन करोड ३० लाख शेयर जारी गर्नाका साथै करीब रु एक करोड नाफा गरी रु १२ करोड पूँजी पु¥याएको छ ।

वि.सं.२०७५ चैत ८ शुक्रवार १०:०४ मा प्रकाशित

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

काठमाडाैँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...