back
CTIZAN AD

कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अब अनलाइनबाटै बुझाउन सकिने

वि.सं.२०७५ चैत ८ शुक्रवार

510 

shares

८ चैत, काठमाडौ ।  रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।

विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ-सेवा, आइएमई-पे, फोन-पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका निर्देशक कृष्णप्रसाद खनालले गतवर्षदेखि आवेदन फाराम भर्ने प्रक्रिया अनलाइनबाटै बनाइएको र यस वर्षदेखि परीक्षा दस्तुर अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएका बताए ।

उनले भने, “गत वर्ष परीक्षा दस्तुर बुझाउने क्रममा आवेदकले निकै सास्ती खेप्नुपरेको थियो, बैंकमा निकै लामो लाइन थियो, तर यसपटकदेखि अनलाइन प्रणालीबाट तिर्न सकिने व्यवस्था गरिएको छ, अनलाइन पहुँच हुनेले अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन भने अन्यले ग्लोबल आइएमई बैंकका कमलादीबाहेकको सम्पूर्ण काउन्टरबाट भुक्तानी गर्न सक्नेछन् ।”

आवेदन फाराम भर्ने र अनलाइन भुक्तानी गर्ने प्रक्रियाको जानकारी इपिएस कोरिया शाखाको वेबसाइट eoers.epsnepal.gov.np लगइन गरी लिन सकिनेछ । आवेदन फाराम भर्ने समयावधि झन्डै १० दिनको रहेको भन्दै उनले आवेदकलाई आतुर नगर्न आग्रह गरे ।

बैंकको कुनै काउन्टरमा भीडभाड भए अन्य काउन्टरमा गएर भए पनि दरखास्त दस्तुर बुझाउन सकिने उनकोे भनाइ छ । श्रम, रोजगार तथा सामाजिक सुक्षामन्त्री गोकर्ण विष्टले भाषा परीक्षा आवेदन प्रक्रियालाई व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत आवेदन फाराम र दरखास्त दस्तुर अनलाइनबाटै बुझाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।

भाषा परीक्षाको तयारी गरिरहेका युवाले गए राति १२ बजेदेखि आवेदन फाराम भर्न थालेका छन् । अहिले बिहान ८ बजेसम्म १५ हजारले आवेदन फाराम भरेको इपिएस शाखाका निर्देशक खनालले जानकारी दिए । बैंकका काउन्टर आज बिहान १० बजेदेखि खुल्ने भए पनि यसअघि फाराम भरेकाले अनलाइनमार्फत दरखास्त दस्तुर भुक्तानी गरेका छन् । यही चैत १७ गते राति १२ बजेसम्म आवेदन फाराम भर्न सकिनेछ ।

परीक्षा दस्तुरबाहेक आवेदकले अन्य कुनै थप शुल्क व्यहोर्नु नपर्ने इपिएस कोरिया शाखाले स्पष्ट पारेको छ । फाराम भर्ने नाउँमा बिचौलियाको प्रभाव पर्न सक्ने भन्दै शाखाले आवेदकलाई तोकिएको परीक्षा दस्तुर २४ अमेरिकी डलरबाहेकको अतिरिक्त शुल्क नबुझाउन आग्रहसमेत गरेको छ । आवेदकले दरखास्त भर्ने अघिल्लो दिन नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसारको दरखास्त दस्तुर बुझाउनुपर्ने छ ।

वि.सं.२०७५ चैत ८ शुक्रवार १०:१८ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...