
८ चैत, काठमाडौं । समुहमा एकताबद्ध भएर उदाहरण दिदैं आएको कला क्षेत्रमा स्थापित समहु ‘प्यागोडा ग्रुप’ले कला प्रदर्शनीे गर्ने भएको छ ।
राजधानीको बबरमहरस्थित नेपाल आर्ट काउन्सीलको सभाकक्षमा आयोजना हुने सो प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रतिष्ठानका कुलपति कान्छा कुमार कर्माचार्यले गर्दैछन् । शनिबार ३ः३० बजे उद्घाटन हुने सो प्रदर्शन चैत १७ सम्म चल्ने आयोजकले बताएका छन् ।
सो समूहका रोशन प्रधान, पासाङ (मंगोलपुत्र), किशोर ज्योती (यूवा झिल्को), माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, लिशा गैरे र रुद्र बहादुर पुन सहित ७ जनाको समूहले नेपाली कला र संस्कृतिका बहुआयामिक क्षेत्रहरुलाई समेटेर कला प्रदर्शनीको पूर्व तयारी गरिसकेको पनि मंगोलपुत्रले संसारन्युज डटकमलाई बताएका छन् ।
नेपाली संस्कृति र कलाको उत्थानमा सक्रिय यो समुह र यसमा आवद्य कलाकारहरु नेपालको विभिन्न क्षेत्रबाट सम्मनित प्रतिभाहरु हुन् ।
वि.सं.२०७५ चैत ८ शुक्रवार १७:५२ मा प्रकाशित






























