back
CTIZAN AD

२०७५ चैत्र १० आइतवार- १६ शनिवारसम्मको राशिफल

वि.सं.२०७५ चैत १० आइतवार

762 

shares


– ज्यो.दीपक सुवेदी

(डबल गोल्डमेडलिष्ट) ९८४१२२३१२६, ९८०३८७९९७८

astrodeepakguru@gmail.com

https://www.facebook.com/jyotishdeepakguru

मेषः
साताको शुरुमा जोश जाँगर एवं फुर्तिफार्ति बढेर आउने छ । केही अबरोधको बाबजुत केही कामकार्यमा सफलता पनि मिल्नेछ । दाम्पत्य तथा प्रेम सम्बन्धमा सुधार आउने र जीवनसाथी अथवा प्रेमसाथीबाट सुख एवं साथ मिल्ने छ तर कसैकसैलाई मन्मुटावको पनि संभावना छ ख्याल पुर्याउनु बुद्धिमानी हुनेछ । सोमदेखि बुधवार मध्याह्नसम्म स्वास्थ्यमा समस्या आउनसक्ने छ । कामकार्यमा पनि विभिन्न बाधाब्याबधानको सामना गर्न नपर्ला भन्न सकिन्न । धैर्यताको खाँचो देखिएको छ । आकस्मिक व्यवसायिक लाभ भने हुने देखिन्छ । उपरान्त स्थितिमा सुधार भएर आउनेछ । भाग्य बृद्धि हुनेछ । काम कार्यमा सफलता र व्यवसायिक उन्नतिको साथमा आर्थिक लाभले सन्तुष्टि पनि मिल्नेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति एवं भैरवदेवको साथमा भगवान हनुमानवीरको उपाशना तथा श्रद्धाभक्ति बढाउनु शुभदायक हुनेछ ।

वृषः
साता केही पक्षमा उपलब्धिमूलक रहने छ । शुरुमा दैनिक व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगइ लाभ एवं उपलब्धि हातपार्न सक्नु हुनेछ । खेलकुद आदि प्रतिस्पर्धामा अग्रता मिल्ने छ । शारीरिक आरोग्यता एवं कान्तिमा बृद्धि हुनेछ । क्रमशः दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार एवं सहजपन आउनेछ । मनोरञ्जनात्मक वातावरण बन्ने छ । रमाइलो ठाऊँको यात्रा हुनक्ने छ । रपनि आक्रोश बढाउन गोचरले बल गरिरहेकोले व्यवहारिकतामा जोडदिनु बुद्धिमानी हुनेछ । बुधवार मध्याह्नपछि एकाएक स्वास्थ्यमा समस्या पर्नसक्ने छ, दीर्घरोगीले बढी ख्याल पुर्याउनु होला । कामकार्यमा पनि अबरोध आउनसक्ने छ धैर्य धारण गर्नुहोला । शनिवार भने स्थितिमा सुधार आउने छ । काम कार्य एवं व्यवसायिक प्रगति हुने र सफलता मिल्नेछ । तपाईले यो साता भगवान हनुमान एवं गुरु गणपति, माँ बगलामुखी एवं इन्द्रायणी र भैरवदेवको भक्ति स्तुति गर्नु शुभ फलदायक हुनेछ ।

मिथुनः
साता अधिकांश पक्षमा लाभकर रहने छ । शुरुमा समयको सदुपयोग गर्नाले बुद्धिविकास भई बुद्धि तथा ज्ञानात्मक पक्षमा सफलता हासिल गर्नसकिने छ । लेखन तथा अध्ययन र अध्यापनमा सफलता मिल्नेछ । क्रमशः शरीरमा आरोग्यलाभ हुने र कान्तिमा बृद्धि हुनेछ । जोश जाँगर र प्रख्याति बढ्ने छ । तर विशेष काममा भने अबरोध सृजना हुने सम्भावना छ । बुधदेखि शुक्रवारसम्म रङ्गरास बढ्ने छ । प्रेम अभिलाषीहरुको लागि समय अनुकूल रहेको छ भने दाम्पत्यसम्बन्धमा मधुरता थपिने छ । रमाइलो भ्रमण हुने सम्भावना छ । व्यापार व्यवसाय आदि पेशाकर्मबाट लाभ गर्न सकिने छ । शनिवार स्वास्थ्यमा मन्दता आउने र कामकार्यमा पनि अल्झन हुनसक्ने छ । आहार विहारमा ख्याल पुर्याउनु जरुरी छ । यो साता तपाईले महावीर हनुमान, गुरुगणपति र भैरवदेवको स्तुति आराधना गर्नु शुभफल बृद्धिदायक हुनेछ ।

कर्कटः
साताको शुरुको समय अल्लि विपरित छ । अपेक्षा एवं आश्वासन पूरा हुन कठिन पर्नसक्ने छ । कामकार्य एवं बोली व्यवहारमा सजग हुनपर्ने समय छ, अन्यथा वादविवादको झण्झटमा पर्नसकिने छ । सोमवारबाट क्रमशः स्थिति सुधार भएर जाने देखिएको छ । समय र अवसरको सदुपयोग गरेको खण्डमा मानसिक एवं बौद्धिक क्षमतामा बृद्धि हुनेछ । सन्ततीको पक्षबाट सन्तोष एवं सन्तुष्टि मिल्ने छ । विद्या तथा बुद्धिज्ञानले मान्छेलाई प्रभाव पार्न सकिने छ । ज्ञानविज्ञान बढ्नेछ । व्यवसायिक उन्नति हुनेछ । क्रमशः आरोग्यलाभ मिल्ने छ । केही अड्चन हुनेछ तथापि उपाय गरेर विपक्षिसँग सम्झौता गर्नसकिने छ । यात्रा योजना बन्ने छ । प्रेम एवं दाम्पत्य सफलता मिल्ने छ । तपाईलाई यो साता भगवान हनुमान एवं माँ बगलामुखी र भैरवदेवको उपाशना गर्नु शुभफल बृद्धिकर हुनेछ ।

सिंहः
साता मध्यम फलदायी रहेको छ । जनव्यवहारमा प्रभाव बढेर जानेछ । सामाजिक सम्बन्धको विकास हुनेछ । व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगई लाभ मिल्ने छ । शारीरिक स्फुर्ति र कामकार्यमा रुचि बढेर आउने छ । सोम र मङ्गलवार सहकर्मीसँग विचारविभेदको सम्भावनालाई भने नकार्न सकिन्न । केहीहद्सम्म पारिवारिक असमझदारीको झमेला पनि झेल्नुपर्ने देखिन्छ । अल्लि जोडगरेर मात्रै इष्टकार्यमा सफलता मिल्नेछ । बिहीवार पछि लेखन एवं अध्ययनमा सफल हुनसकिने छ । क्षणिक भएपनि सन्तानको क्षेत्रबाट पनि सन्तोष मिल्ने छ । सिक्ने सिकाउने कार्यमा अग्रता मिल्ने छ । आफन्तिजनको शुभ समचार प्राप्त गर्न सकिनेछ । साताको अन्त्यतिर पौरख बढाउन सकिने छ । शत्रुमाथि विजय प्राप्त गर्ने रणनीति बन्नेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति, माँ इन्द्रायणी एवं महावीर हनुमान र भैरवदेवको स्तुति आराधाना उपाशना गर्नु शुभकर हुनेछ ।

कन्याः
साता उपलब्धिमूलक रहने छ । नाता कुटुम्बिक सम्बन्ध बढ्ने छ । भनेजति नभएपनि धनधातु एवं खजाना सम्पत्ति थपिने छ । सामाजिक कामकार्यलाई पनि समय दिनु सकिने छ । मान्छेलाई बोलीव्यवहारले आकर्षण गर्नसकिने छ तर शत्रुप्रभाव भने रहने देखिन्छ । क्रमशः शारीरिक एवं व्यवहारिक पुरुषार्थ बढेर आउने छ । कामकार्यमा मन लाग्ने छ तर अबरोध सृजना हुनेछ । व्यवसायबाट आंशिक आर्थिक उन्नति हुनेछ । बढी चाहना गरेको काममा अबरोध आउने देखिएको छ । बिहीवार मध्याह्न पछि अल्लि चनाखो हुन र बुद्धिले कामलिन पर्ने समय छ । कामकार्यमा अबरोध गर्नेहरु अग्रसर हुनसक्ने छन् भने आलोचनाको पनि सामना गर्न नपर्ला भन्न सकिन्न । विवादको पनि सम्भावना छ । शनिवार ज्ञानविज्ञान बढ्ने, अध्ययनमा मन जाने छ । सन्तती प्रेम बढ्नेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरु गणपति, महावीर हनुमान एवं माँ बगलामुखी र भैरवदेवको स्तुति भक्ति उपाशना गर्नु फापकर हुनेछ ।

तुलाः
साता हात्ति आयो हात्ति आयो फुस्सा भनेजस्तो देखिएको छ । विशेष मानिएको काममा अबरोध सृजना हुनेछ । तथापि केही कामकार्यमा सफलता मिल्ने छ । मानसम्मान प्राप्त हुने, यशकृति बढ्ने, मानसिक शान्ति मिल्ने छ । अबरोधको बाबजुत पनि व्यापार व्यवसाय तथा पेशागत कार्यबाट धनार्जन गर्न सकिने छ । धेरै अपेक्षा गरेको तथा आश्वासन पनि पाएको धन प्राप्त हुन गाह्रो देखिएको छ । दोहोर रोल खेल्नेहरुबाट बच्नु बुद्धिमानी हुनेछ । सामाजिक सेवा तथा अरुको काममा समय दिनपर्ने छ । बिहीवार पछि शारीरिक फुर्तिफार्ति एवं उमङ्ग बढेर आउने छ । तरपनि विशेष कामकार्यमा सफलता पाउन अल्लि कठिन पर्नसक्ने छ । काम नभई फुर्ति नगरेकै राम्रो हुनेछ । दैनिकी कार्यबाट भने केही लाभ मिल्नसक्ने छ । शनिवार वादविवादको पनि सम्भावना छ, जनव्यवहारमा ख्याल पुर्याउनु पर्ला । यो साता तपाईले भगवान गुरुगणपति, भैरवदेव र भगवान श्रीहरिको आराधना गर्नु शुभप्रद हुनेछ ।

वृश्चिकः
साताको शुरुमा पारिवारिक आवश्यकता तथा माग बढ्ने छ जसले खर्चको मात्रा पनि बढाउने छ । आकस्मिक रुपमा व्यवसायिक तथा पेशागत उन्नति हुनगई लाभ एवं सफलता पनि मिल्ने छ । मङ्गल र बुधवार भने अपेक्षा राम्रो हुने, कामकार्य पनि बन्ला जस्तो हुने तर, अल्झने हुनसक्ने छ । मानसिक एवं शारीरिक उमङ्ग भने बढ्ने छ । व्यवहारिक कर्माभ्यास बढाउन सकिने छ । रमाइलो वातावरण र मिष्ठान्न भोजनको अनुकूलता मिल्ने छ । तर स्वास्थ्य प्रतिकूल हुनसक्ने छ ख्याल गर्नुहोला । ठिकठिकै व्यवसायिक उन्नति हुनेछ । क्रमशः सामाजिक कामकार्यमा संलग्न हुन पाइनेछ । बोलिव्यवहारले मान्छेलाई प्रभाव पार्नसकिने छ । खर्चको बाबजुत धनसंपत्ति सञ्चय हुनेछ । अल्लि उन्माद प्रमाद् पनि बढ्नसक्ने संकेत देखिएको छ, संयम गर्नु बुद्धिमानी हुनेछ । शनिवार शारीरिक पराक्रम बढेर आउने छ । रोकिएर रहेका कामकार्य अघि बढाउन सकिने छ । यो साता तपाईले भगवान सूर्यनारायण र महावीर हनुमान एवं भैरवदेवको आराधना उपाशना गर्नाले ग्रहजनित बाधाअड्चनलाई हटाउन मद्दत मिल्नेछ ।

धनुः
साता मध्यम छ । शुरुको दिन व्यवसायिक प्रगति हुने र कामकार्यमा सहज वातावरण सृजना हुनेछ । समर्थक बढ्ने छन् भने साथ सहयोग जुट्ने छ । सोमवारदेखि बुधवार मध्याह्नसम्म उल्टै खर्चको मात्रा बढने, कामकार्यमा दिक्कत हुने तथा संघर्ष गर्नुपर्ने पनि देखिएको छ, धैर्यता एवं व्यवहारिकताको निकै आवश्यकता देखिन्छ । तदोपरानत क्रमशः स्थितिमा सुधार आउने छ । रोकिएर रहेका कामकार्यमा सफलता मिल्ने छ । उन्नति प्रगति हुनेछ । मानसिक शान्ति एवं शारीरिक स्फुर्ति बढ्ने छ । सौहार्द वातावरण बन्ने छ । मान्छेहरुलाई बोली व्यवहारले प्रभाव पार्न पनि सकिने छ । यो साता तपाईले शनिमहाकाल एवं भैरवदेव तथा गुरुगणपति, भगवान श्रीहरि र माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभकर हुनेछ ।

मकरः
साताको शुरुमा व्यवसायिक लाभ एवम् सफलता प्राप्त गर्नसकिने छ । उच्चतहसँगको संपर्क जोडिने र कामकार्यमा सहयोग पनि मिल्ने छ । राजनीति, समाज सेवा तथा नोकरीमा भूमिका तथा जिम्मेवारी एवं पदीय हैसियत प्राप्त गर्नसकिने छ । उद्योग धन्दा आदि फस्टाउने छ । बिहीवार पछि घरायसी तथा पारिवारिक सरसामान जोडिने, यात्रा हुनसक्ने जस्ता कार्यमा केही खर्च हुनजाने छ । कामकार्यमा पनि आकस्मिक अबरोध एवं स्वास्थ्यमा समस्या थपिनसक्ने छ । संयमपूर्वक जनव्यवहार गर्नु उपयुक्त हुनेछ । आकस्मिक लाभ एवं उपलब्धिको पाटो भने सुरक्षित रहेको छ । शनिवार केही सुधार एवं अल्मले रहन सक्ने लक्षण देखिएको छ । यो साता तपाईले भगवान पवनपुत्र हनुमान, भैरवदेव एवं गुरु गणपति र माँ बगलामुखीको श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभप्रद हुनेछ ।

कुम्भः
साता अनुकूल देखिएको छ । केही अल्झनको बाबजुत पनि व्यवसायिक क्षेत्रमा सुधार आई लाभांश बढ्ने छ । विशिष्टतम् व्यक्तित्त्वहरूसँग दर्शनभेट् मिल्दा महत्त्वाकांक्षा पनि बढेर आउनेछ । अल्लि व्यवहारिकतालाई जोडदिनु उचित हुनेछ । ग्रह अबरोधको उपाय गरी अघि बढेमा राजनीति तथा समाजसेवा एवं जागिर आदिमा पदप्रतिष्ठा एवं भूमिका र उपलब्धि मिल्नेछ । उद्योगधन्दा तथा व्यवसायबाट राम्रो लाभ गर्नसकिने छ । साथसहयोग पनि मिल्ने छ । विशेष काममा विशेष भूमिका निर्वाह गर्नसकिने छ । स्थितिलाई चिनेर महत्त्वपूर्ण कार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । शनिवार खर्च बढ्ने तथा कामकार्यमा पनि केही अड्चन आइलाग्ने हुनसक्ने छ । यो साता भगवान सूर्यनारायण, भगवान श्रीहरि र भैरवदेवको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

मीनः
साता क्रमशः अनपेक्षित सफलतामूलक रहनेछ । आइतवार स्वास्थ्यमा मन्दता आउने छ । आश्वासन पाएको काम बन्न तथा उपलब्धि हातपर्न अल्लि गाह्रो पर्ने पनि देखिएको छ । गह्रको अबरोधको उपाय गरेर अघि बढ्नु पर्ला । कामकार्यमा पनि अड्चन नआउला भन्नसकिन्न । सोमवारबाट क्रमशः स्वास्थ्य स्थितिमा सुधार आउने छ । धार्मिक एवं सामाजिक कार्यसम्पादन गर्नसकिने छ । क्रमशः विशिष्ट व्यक्तित्त्व तथा निकायसँग संपर्क स्थापित हुनेछ । गर्नै खोजेको विशेष काममा भने अबरोध आउनसक्ने छ । शनिवार आकस्मिक लाभ एवं सफलता मिल्ने छ । समयको व्यवसायिक सदुपयोग गर्नु होला । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेवको साथमा भगवान सूर्यनारायण र भगवान श्रीहरिको साथमा माँ बगलामुखीको सेवा आराधना गर्नु शुभदायक हुनेछ ।

पुनश्चः
जन्मकालमा सम्बन्धित ग्रह अनुकूल हुनेहरूलाई राशिफलमा बताइएको शुभफल बढी घट्ने र अशुभफल कम घट्ने हुन्छ । भने जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरूलाई राशिफलमा बताइएको अशुभजन्य फल बढी घट्ने र शुभफल कम घट्ने हुन्छ ।
साथै, विदेशमा हुनेहरूलाई नेपालसँग हुने समयान्तर बमोजिम पश्चिममा भए अघि र पूर्वमा भए पछि फल लाग्ने हुन्छ ।

वि.सं.२०७५ चैत १० आइतवार १२:२४ मा प्रकाशित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...