back
CTIZAN AD

उपकरण छ, चिकित्सक छैनन् बिरामी निजी मेडिकल जान बाध्य

वि.सं.२०७५ चैत १२ मंगलवार

612 

shares

१२ चैत, जाजरकोट । बारेकोट गाउँपालिका मुलसामकी जयकुमारी शाहीको पेटमा समस्या आएपछि दिनभर हिँडेर लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आईन् । बिरामी शाहीले आफ्नो आठ महीनाकी छोरीसमेत सँगै बोकेर ल्याएकी थिइन् ।

घरमा बच्चा हेर्ने कोही नभएपछि बिरामी शरीरमाथि बच्चा बोकेर दिनभरि हिँडेर लिम्सा पुगेकी शाहीलाई स्वास्थ्य केन्द्र पुग्न फलामका चिउरा चपाएझैँ भएको थियो । चिकित्सकलाई आफ्ना समस्या सुनाउन आएकी शाही त्यहाँ पुग्दा चिकित्सक थिएनन् । हेर्दा चिटिक्क परेको सुविधायुक्त स्वास्थ्यको भवन, त्यसमा गाउँपालिकाको कार्यालय रहेकाले लिम्सामा चहलपहल बढेको भए पनि चिकित्सक नहुँदा शाहीको उपचार भएन । उनी निजी औषधि पसल जान बाध्य भइन् ।

स्वास्थ्य संस्थामा औषधि र उपकरण भए पनि सञ्चालन गर्ने चिकित्सक नहुँदा शाहीजस्तै दर्जनौँ बिरामी अस्पतालको ढोकाबाटै दिनहुँ फर्कने गर्दछन् । स्वास्थ्य केन्द्रमा एक एमबिबीएस चिकित्सकको दरबन्दी छ । त्यहाँ कार्यरत मेडिकल अधिकृत डा सन्दीपकिरण प्रधान एमडी अध्ययनका लागि बिदा छन् । त्यसले गर्दा छ महीनादेखि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा चिकित्सकविहीन भएको हो ।

चिकित्सक मात्र होइन, नौै स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्थामा स्टाफ नर्स, अनमी र ल्याव असिस्टेन्ट पद पनि लामो समयदेखि खाली छ । आवश्यक उपकरणको व्यवस्था भए पनि ल्याव सेवा सञ्चालनमा नआएको वर्षौ भइसक्यो । बारेकोट गाउँपालिका जिल्लाको अन्य स्थानीय तहमध्ये बढी दुर्गम मानिन्छ । जुम्ला र डोल्पाको सिमाना रहेको बारेकोट गाउँपालिका साविकका चार गाविस मिलेर बनेको छ । बारेकोटबाट जाजरकोट सदरमुकाम आउन मात्र तीन दिन लाग्ने गरेको स्थानीवासी खड्क शाहीले बताए ।

उपकरण र चिकित्सकको दरबन्दी भएको स्वास्थ्य संस्था लिम्सा भएकाले यहाँ बिरामीको चाप हुने गर्छ । बिरामी बढे पनि चिकित्सक नहुँदा निराश हुनुपर्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन् । स्थानीय औषधि पसलमा उपचार गराएर हजाराँै रकम खर्च गर्न बाध्य भएको बारेकोटवासीको गुनासो छ । उनीहरुलाई उपचारका लागि निजी औषधि पसलमा जानुपर्ने बाध्यता छ ।

औषधिको मात्रा र रोगको अवस्थाका आधारमा औषधि चलाउनुपर्नेमा निजी मेडिकल औषधी पसलले बिरामी छिटो निको पार्ने बहानामा कडा डोजको औषधि चलाएर सरकारी स्वास्थ्य संस्थाको औषधिले काम नगर्ने अवस्था सिर्जना भएको यहाँको जनगुनासो छ ।

स्वास्थ्य तथा सरसफाइ बारेकोट शाखाका संयोजक वीरराज सिंहले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक अध्ययन बिदामा बसेपछि उपचार सेवा दिन समस्या भएको बताए । अध्ययन बिदामा बसेका चिकित्सकको ठाउँमा स्वास्थ्य सेवा विभागले वैकल्पिक व्यवस्था नगर्दा दुर्गमका बासिन्दा उपचार सेवाबाट वञ्चित हुनुपरेको हो ।

लिम्सा स्वास्थ्य केन्द्र स्थापना भएको दुई दशक भए पनि प्रभावकारी सेवा प्रवाह नहुँदा दैनिक समस्या हुँदै आएको छ । बारेकोटवासी अहिले पनि एक्सरे, ल्याव सेवा लिनका लागि नलगाड नगरपालिकाको दल्ली र जाजरकोट सदरमुकामस्थित जिल्ला अस्पताल र नेपालगञ्ज जाने गर्दछन् । भरपर्दो सेवा नपाउँदा यहाँका दर्जनाँै जनता अकालमै ज्यान गुमाउन बाध्य छन् । सुविधायुक्त स्वास्थ्य संस्था भएर पनि चिकित्सक नहुँदा दुर्गमका स्वास्थ्य संस्थाप्रतिको विश्वास घट्दै गएको छ । अहेवको भरमा चलेको स्वास्थ्य संस्थामा उपकरण प्रयोगमा नआउँदा समस्य हुँदै आएको छ ।

गरीबी र अशिक्षाका कारण यहाँका अधिकांश स्थानीयवासी घरमै रोग पालेर बसेको पाइन्छ । केही हप्ताअघि भएको स्वास्थ्य शिविरमा मात्र भारी मात्रामा पाठेघरमा समस्या आएका बिरामी फेला परेका थिए । पहुँचमा स्वास्थ्य संस्था नहुँदा भारी मात्रामा बिरामी भए पनि उपचार अभावमा समस्या भोग्दै आएको बारेकोटस्थित वीरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए ।

वि.सं.२०७५ चैत १२ मंगलवार १०:३६ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...