back

६४ युवाको ‘बेटर नेपाल अभियान’

वि.सं.२०७३ कात्तिक २२ सोमवार

588 

shares
GLOBAL IME AD
NTC AD

२२ कात्तिक, काठमाडौँ । देशविदेशमा फैलिएका ६४ युवाले ‘बेटर नेपाल’नामक बृहत् अभियानको थालनी गरेका छन् ।

नेपालका अतिरिक्त भारत, जापान, अमेरिका, जर्मनी, अस्ट्रेलिया आदि देशमा अध्ययनरत अथवा कार्यरत नेपाली युवा सो अभियानमा जुटेका हुन् । अभियानका युवाले आफ्नो ज्ञान, सीप, समय र कला र आम्दानीलाई राष्ट्रिय जीवनको सकारात्मक उन्नतिका लागि प्रयोग गर्ने छन् ।
यही कात्तिक २० र २१ गते धादिङ बेंसीमा चलेको विचारविमर्शपछि जारी गरिएको ‘धादिङ घोषणपत्र’ मार्फत सो अभियानको घोषणा गरिएको हो । अभियानमा चिकित्सा, आयुर्वेद, कृषि, कलासाहित्य, समाजसेवा, विद्युत्प्रविधि, पत्रकारिता आदि विविध क्षेत्रका विद्यार्थी र जानकार समाविष्ट छन् । अभियानको संयोजकका रुपमा धादिङका गणेश ढुङ्गानालाई चयन गरिएको घोषणापत्रमा जानकारी गराइएको छ । यसैगरी सल्लाहकारमा साहित्यकार महेश पौड्याल र नीरा शर्मा तथा उद्यमी गणेशप्रसाद जोशी हुनुहुन्छ ।
अभियानले प्रथम वर्षमा उत्प्रेरणा र सशक्तीकरण, सूचना र प्रविधि तथा साहित्य–संस्कृति क्षेत्रमा देशैभरि कार्यक्रम गर्नेछ । क्रमशः चिकित्सक नवीन भट्ट, सूचना प्राविधिक अनिल खतिवडा र साहित्यकार अमृत अधिकारीलाई सो कार्यक्रमका लागि संयोजक बनाइएको छ । अभियानमा नेपालको मधेस क्षेत्रका रोशनकुमार दास, कौशलकुमार दास, धीरज महतो र सञ्जीव दास तथा विकट कर्णालीका कुबेर सोंडारी, दीपक पौडेल, सागर खड्का लगायत युवा पनि सम्मिलित रहेको सल्लाहकार पौड्यालले जानकारी दिनुभयो । अभियानले पहिलो औपचारिक कार्यक्रम आगामी पुस १७ गते गर्ने भएको छ । रासस

वि.सं.२०७३ कात्तिक २२ सोमवार १२:०३ मा प्रकाशित

राष्ट्रियसभा बैठक : सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

राष्ट्रियसभा बैठक : सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

काठमाडौं । सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको...

पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर...

सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएको निष्कर्ष

सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएको निष्कर्ष

काठमाडौँ । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैर आवासीय नेपाली...

बोर्डद्वारा यसवर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

बोर्डद्वारा यसवर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक...

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट...

समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान...