back
CTIZAN AD

पानी अभियानलाई ६ लाख ५० हजार सहयोग गर्ने निर्णय

वि.सं.२०७३ कात्तिक २२ सोमवार

1.1K 

shares

दिनप्रतिदिन पानी अभियानमा विश्वभरबाट सहयोग गर्ने खबर आइरहदा सुनपुर सामाजिक कोषले पनि अभियानलाई मद्दत पुर्याउन ठूलो सहयोग गर्ने भएको छ । सुनपुर सामाजिक कोषले पानी अभियानलाई ६ लाख ५० हजार सहयोग गर्ने घोषणा गरेको जानकारी सचिव किरण पौडेलले गराउनु भएको छ । पानी अभियान सचिव श्री किरण पौडेलको प्रेस रिलिजमा भनिएको छ ।
दाङ लक्ष्मीपुर गा बि स सुनपुरमा जारि “करोड पानी अभियान” मा हाम्रा आदरणीय महानुभावहरुबाट सहयोग रकम प्रदान गर्ने क्रम जारिनै छ।आजको समयसम्म आउॅदा यस पानी अभियान सबैको साझा अभियान बनिसकेको देख्न पाउॅदा यस अभियानमा प्रतक्ष्य सरोकार राख्ने हामी सम्पूर्ण उपभोक्ताहरु गर्वले फुलेका छौं।
आज मिति 2073 साल, कार्तिक 20 गते बसेको यस पानी अभियान अन्तर्गतको ” सुनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति” का पदाधिकारी तथा आम उपभोक्ताहरु सहितको बृहद् भेलाबाट प्राप्त प्रस्ताब अनुसार यस अभियानलाई यथाशीघ्र कार्यान्वयनमा ल्याई आम उपभोक्तालाई सेवा दिने अभिप्रायले ” सुनपुर सामाजिक कोष” ले यस पानी अभियानलाई रु  6,50,000 अक्षरुपी छ लाख पचास हजार रुपैंया सहयोग गर्ने घोषणा गरेको छ।
अतःदिन प्रति दिन पानी अभियान ब्यापक बन्दै गइरहेकोमा यस अभियानमा संलग्न सबैलाई गर्वको महसुस भइरहेको छ।
सुनपुर पानी अभियान अध्यक्ष श्री प्रेम केसीको अध्यक्ष्यतामा बसेको बैठकले पानी अभियानलाई सहयोग गर्ने सबै लाई आभार प्रकट गर्दै भनिएको छ “यस अभियान छोंटो समयमानै सगरमाथाको शिखर चुम्न खोज्दै जानुमा सम्पूर्ण उपभोक्ता, आमनागरिक, बिभिन्न संघ संस्था, संचार माध्यमको साथ सहयोगलाई सुनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति सलाम गर्दछ।” सन्स्थागतरुपबाट पानी अभियानले प्राप्त गरेको यो रकम हालसम्मकै ठूलो रकम भएको जानकारी  अभियान कर्ता मित्रलाल पार्देले गराउनु भएको छ ।

वि.सं.२०७३ कात्तिक २२ सोमवार १२:०७ मा प्रकाशित

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार...

काठमाडौँ आसपासका १५ गन्तव्यः इतिहासदेखि आधुनिक मनोरञ्जनसम्म, जाने होइन त घुम्न ?

काठमाडौँ आसपासका १५ गन्तव्यः इतिहासदेखि आधुनिक मनोरञ्जनसम्म, जाने होइन त घुम्न ?

काठमाडौँ । व्यस्त दैनिकी र सहरी कोलाहलबाट केही समयका लागि...

नेपाल एसबिआई बैंकको नयाँ योजनाः “बचतको योजना, बीमा सहितको भरोसा”

नेपाल एसबिआई बैंकको नयाँ योजनाः “बचतको योजना, बीमा सहितको भरोसा”

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नयाँ...

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौँ । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा...

सुनचाँदीको मूल्य वृद्धि

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ...

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र...