back
CTIZAN AD

सिरियाली सङ्कटको राजनीतिक समाधानका लागि साउदी अरबका राजाद्वारा आग्रह

वि.सं.२०७५ चैत १८ सोमवार

690 

shares

१८ चैत, ट्युनिस । साउदी अरबले सिरियाली सङ्कटको राजनीतिक समाधान गर्न तयार रहेको साउदी राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले आइतबार बताएका छन् ।

अरब लिग (एएल) को ३० औँ शिखर सम्मेलनको उद्घाटन सम्बोधनमा साउदी राजा सलमानले गोलन हाइट्सबारे आएका अभिव्यक्ति जसले सिरियाली सार्वभौमसत्तामाथि प्रभाव पार्छ साउदी अरबका लागि स्वीकार्य नहुने बताएका हुन् ।

उनले कब्जामा रहेको गोलान हाइट्सबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हालै गरेको घोषणाबारे पुनः विचार गर्न आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जेरूसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएको ठीक एक बर्षपछि गत हप्ता एउटा घोषणापत्रमा हस्ताक्षर गर्दै गोलान हाइट्समाथि इजरायली सार्वभौमिक अधिकारको मान्यता प्रदान गरेका थिए ।

राजा सलमान सम्बोधनमा पूर्वी जेरूसेलमलाई प्यालेटिनी राजधानी र वेष्ट ब्याङ्क र गाजा क्षेत्रलाई स्वतन्त्र प्यालेटाइनको मान्यता दिलाउने पक्षमा साउदी अरबको सहयोग रहने बताए ।

उनले संयुक्त राष्ट्रसङ्घलाई लिविया र यमनको द्वन्द्व अन्त्यका लागि पहल गर्न र अरब क्षेत्रको सुरक्षा र स्थायित्वका लागि इरान सिर्जित खतरालाई अन्त्य गर्न अन्तर्राष्ट्रिय पहल गर्न आग्रह गरेका थिए ।

वि.सं.२०७५ चैत १८ सोमवार १०:०७ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...