back

सिरियाली सङ्कटको राजनीतिक समाधानका लागि साउदी अरबका राजाद्वारा आग्रह

वि.सं.२०७५ चैत १८ सोमवार

60 

shares

१८ चैत, ट्युनिस । साउदी अरबले सिरियाली सङ्कटको राजनीतिक समाधान गर्न तयार रहेको साउदी राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले आइतबार बताएका छन् ।

अरब लिग (एएल) को ३० औँ शिखर सम्मेलनको उद्घाटन सम्बोधनमा साउदी राजा सलमानले गोलन हाइट्सबारे आएका अभिव्यक्ति जसले सिरियाली सार्वभौमसत्तामाथि प्रभाव पार्छ साउदी अरबका लागि स्वीकार्य नहुने बताएका हुन् ।

उनले कब्जामा रहेको गोलान हाइट्सबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हालै गरेको घोषणाबारे पुनः विचार गर्न आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जेरूसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएको ठीक एक बर्षपछि गत हप्ता एउटा घोषणापत्रमा हस्ताक्षर गर्दै गोलान हाइट्समाथि इजरायली सार्वभौमिक अधिकारको मान्यता प्रदान गरेका थिए ।

राजा सलमान सम्बोधनमा पूर्वी जेरूसेलमलाई प्यालेटिनी राजधानी र वेष्ट ब्याङ्क र गाजा क्षेत्रलाई स्वतन्त्र प्यालेटाइनको मान्यता दिलाउने पक्षमा साउदी अरबको सहयोग रहने बताए ।

उनले संयुक्त राष्ट्रसङ्घलाई लिविया र यमनको द्वन्द्व अन्त्यका लागि पहल गर्न र अरब क्षेत्रको सुरक्षा र स्थायित्वका लागि इरान सिर्जित खतरालाई अन्त्य गर्न अन्तर्राष्ट्रिय पहल गर्न आग्रह गरेका थिए ।

वि.सं.२०७५ चैत १८ सोमवार १०:०७ मा प्रकाशित

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

भेन्टियान । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका...

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

लन्डन  । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई...

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...