back
CTIZAN AD

दूताबासमा आतङ्कवादी आक्रमण भएको उत्तर कोरियाली दावी

वि.सं.२०७५ चैत १८ सोमवार

798 

shares

१८ चैत, सिओल । स्पेनको राजधानी म्याड्रिडस्थित आफ्नो दूतावासमा गत महिना भएको घटनालाई उत्तर कोरियाले ‘गम्भीर आतङ्कवादी आक्रमण’ भएको जनाएको छ ।

करिब एक महिना पहिले भएको घटनाबारे पहिलो पटक टिप्पणी गर्दै प्योङ्याङले आक्रमणबारे अनुसन्धानको माग गरेको छ । अमेरिकाको सङ्घीय जाँच ब्यूरो (एफबीआई) सो घटनामा संलग्न रहेको भन्ने चर्चालाई पनि आफूले नजिकैबाट नियालेको उसले बताएको छ ।

कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी “कुटनीतिक नियोगमा अवैध प्रबेश र कब्जा राज्यको सार्वभौमसत्तामाथिको प्रहार र अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको भन्दै यस्तो घटना असह्य भएको जनाएको छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच हनोइमा भएको सम्मेलनभन्दा पाँच दिन पहिले गरिएको उक्त आक्रमणमा एक समूहले राजदूताबासमा प्रबेश गरी तोडफोड गरी दूताबासकै गाडीहरू प्रयोग गरी पछाडीको गेटबाट भागेका थिए ।

उत्तर कोरियाले घटनामा संलग्न मुख्य सन्दिग्धहरूको नाममा कम्तीमा दुईवटा अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी भएका छन् । स्पेनका अधिकारीहरूका अनुसार एड्रिअन हङ चाङ नामक समूहका एक व्यक्ति व्यापार मामिला हेर्ने उत्तर कोरियाली सहचारीलाई भेट्ने बहानामा दूतावास प्रवेश गरेका थिए ।

वि.सं.२०७५ चैत १८ सोमवार १०:१४ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...