
मन्त्रीले अँग्रेजी बोल्न जानेन् भनेर उपहास नगरौं । यो देशलाई बिगारेको अँग्रेजीका धुरन्धर पण्डितहरुले नै हो, जसले नेपालमा फिरँगीहरुको सँजाल फैलाउन सघाए ।
अँग्रेजी नजान्दा पनि हुन्छ, अँग्रेजी भाषा नसिक्दा पनि हुन्छ । अँग्रेजी एउटा भाषा हो, यो ज्ञान हैन ।
मातृका यादवजीको अँग्रेजी उहाँको मौलिक अँग्रेजी हो । अंग्रेजी उच्चारणको एउटै मापदण्ड भएको भए उहाँको उपहास गर्नु जायज हुन्थ्यो होला । तर, ब्रिटीश अँग्रेजी, अमेरीकन अँग्रेजी, फ्रेन्च, स्पेनीश, पोर्चुगिज, चाइनीज, ल्याटीन अमेरीकनहरुले बोल्ने अँग्रेजीको उच्चारण फरक फरक हुन्छ । हामी कूकुरलाई डग भन्छौं, भारतीयहरु ‘डाँग’ भन्छन् । पेट्रोललाई ‘पैट्रोल’ भन्छन्, ‘क्याट’लाई ‘कैट’ । बोल्ने शैली, ज्ञान र शिल्प सबैको आ–आफ्नो हुन्छ । भाषा भनेको अभिव्यक्तिको माध्यम हो । बोल्न नसक्नेहरुसमेत इशाराले अभिव्यक्त गर्छन् । र, अभिव्यक्तीका सबैका आफ्नै शैली हुन्छन् । मन्त्रीले अँग्रेजी बोल्न जानेन् भनेर उपहास नगरौं । यो देशलाई बिगारेको अँग्रेजीका धुरन्धर पण्डितहरुले नै हो, जसले नेपालमा फिरँगीहरुको सँजाल फैलाउन सघाए ।
भारतमा एउटा भनाई छ, अंग्रेज तो चले गए, लेकिन अँग्रेजी छोड के गए । आज भारतीयहरु दुइ चार शब्द अँग्रेजी बोल्न जान्यो कि आफुलाई तिसमार खाँ सम्झीन्छन्, यो पनि गुलामीकै अवशेष हो । अँग्रेजी नजान्दा पनि हुन्छ, अँग्रेजी भाषा नसिक्दा पनि हुन्छ । अँग्रेजी एउटा भाषा हो, यो ज्ञान हैन । अतः ज्ञानी हुने हो भने बरु सँस्कृत भाषा पढनुस् । चिनियाँहरुले अँग्रेजी नजानीकनै, नपढीकनै सँसारको पहिलो अर्थतन्त्र बनीसके । रसीयनहरुलाई अँग्रेजीसँग मतलबै छैन । रुस र चिनले आफ्नो भाषाको जसरी उच्च सम्मान गरे, हामी नेपालीले पनि नेपाली र अन्य मातृ भाषाहरुको उच्च सम्मान र सँरक्षण गरौं । अँग्रेजी त नजाने पनि हून्छ, गुगलले नै अनुबाद गरिदिन्छ । धन्यबाद ।
प्रस्तुत विचार कुसुम कुसुमको फेसबुकबाट लिइएको हो ।
वि.सं.२०७५ चैत १९ मंगलवार ११:०४ मा प्रकाशित