back
CTIZAN AD

गीति एल्वम “आभाष” को बेलायतमा विमोचन

वि.सं.२०७५ चैत २१ बिहीवार

600 

shares


छत्र वनेम
युवा तथा नवोदित गायक गंगाराज राईको एकल स्वर रहेको पहिलो गीति एल्वमको बेलायतमा विमोचन गरिएको छ ।
चन्द्रावति राईद्धारा लिखित तथा विसि राईद्धारा संगित भरिएको नविनतम एल्वम “आभाष” को २१ सेप्टेम्वरका दिन वेलायतको आस्फोर्डस्थित नर्थ स्कूल हलमा एक कार्यक्रमको आयोजनागरि लोकार्पण गरिएको हो ।

उक्त विमोचन कार्यक्रमको अध्यक्षता गीतकार ईश्वर चाम्लिङ्ग राई तथा प्रमुख अतिथि किरात राई यायोक्खा नेपालका पूर्व अध्यक्ष तथा प्राध्यापक सुमाया राई थिए । अन्य अतिथिहरुमा किरात राई यायोक्खाका अध्यक्ष पदम व राई, सगरमाथा नेप्लिज कम्युनिटिका अध्यक्ष सिरी तेम्वे लिम्वु, केन्ट गुरुङ समाजका अध्यक्ष सोभराज गुरुङ, सेर्पा एशोसिएसन युकेका अध्यक्ष रिन्जि शेर्पा, किरांत याक्थुङ्ग चुम्लुङ्ग, युकेका नव निर्वाचित अध्यक्ष काजीमान यक्सो, सचिव मान तवेवुङ्ग, नयां सन्देश साप्ताहिकका प्रधान सम्पादक चण्डिराज राई, अध्यक्ष शिवधन राई, विएफ वि एस गोर्खा रेडियोका प्रतिनिधि लगायत अन्य समाजका लव्ध प्रतिष्ठित व्याक्तिहरु क्रमशः रि.मे. हर्कराज राई, मे. भुपजित राई, क्या.मणिराम राई, रि.क्या. सुमन चन्द्र राई, क्या. काजीमान लिम्वु, निर पुमा राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत गीत संगितका अनुरागीहरुको वाक्लो उपस्थिती रहेको उक्त कार्यक्रम साहित्यकार जगत नवोदितले सञ्चालन गरेका थिए ।

सबै अतिथिहरुलाई खादा ओढाई सम्मानका साथ आसन ग्रहण गराइएपछि किरात राई यायोक्खा वेलायतका उपाध्यक्ष चक्रवहादुर राईद्धारा उपस्थित सम्पुर्णमा स्वागत मन्तव्य राखेका थिए । विभिन्न संघसंस्थाका प्रतिनिधिहरु द्धारा शुभकामन व्यक्त गर्ने क्रमसंगै उद्घोषक नवोदितले कविता र गितका प्रंसंगहरु जोड्दै कार्यक्रम स्टेजलाई संगितमय वनाउने प्रयास गरेका थिए । कृतिका रचनाकार चन्द्रावति राई एवं गायक गंगाराज राई स्वयमले आफ्नो एल्वम निर्माणको क्रममा भएका अनुभवहरु व्यक्त गरिसकेपछि आभाष एल्वमलाई डायसमा आशिन सबै अतिथिहरुद्वारा सामुहिक रुपमा विमोचन गरिएको थियो ।

गीतका रचनाकार चन्द्रावति राईले आफनो जीवन भोगाईका अनुभतिहरु पोखिएका सवै गीतहरु भावुकताले भरिएको बताइन् ।

नवोदित गायक गंगाराज राईको स्वर सुन्दा एउटा परिपक्व गायक भन्दा कमि नरहेको बताउँदैै कार्यक्रमका प्रमुख अतिथि श्रीमति सुमाया राईले सर्जक तथा गायकद्धयलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कृतिका वारेमा समीक्षात्मक विचार व्यक्त गर्नेक्रममा जन्मदाताको रुपमा रचनाकार र संगितकारले पिताको भुमिका निभाई शुन्दर वनाएर गायकसंग विवाह गरिदिए पछि श्रोताहरु माफ विवाहको शुभकामना शन्देश प्रवाहित हुने गर्दछ भन्दै आप्mनै विशेष शैली र मौलिकतामा वास्तविकताले जन्माएको आभास एल्वमको पनि विवाहको यो प्रसंग कोटयाउदै गीतकारको जीवनका घटनाले सृजित एकल जीवनको वास्तविक अनुभति संगालिएको सवै गीतहरुले श्रोताहरुको मन छुन सक्ने कार्यक्रमका अध्यक्ष ईश्वर चाम्लिङ्ले वताए । उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै अन्तमा औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

महेश खड्का पावल चाम्लिङ् राई र विसि राईको संगित समेटिएको उक्त एल्वममा कहाँवाट सुनाउ, म वस्ने त्यो मुटुमा, यसैगरि म हराई दिउकि, धड्कन वनि र हिड्दा हिडदै गरि ५ वटा संग्रहित गीतहरु औपचारिक कार्यक्रमको समापन पश्चात गायक गंगाराज राई स्वयमले ट्रयाकमा गीत गाएर उपस्थित श्रोताहरुलाई मनोरन्जन दिलाएका थिए । साथै नवोदित गायक दौलत विक्रम राई लगायत सुनिता थेवे लिम्वुले पनि कार्यक्रमको अन्तमा गीत गाएर साथ दिएका थिए ।

सानै देखि गायक वन्ने सपना पालेका गायक गंगाराज राई गाउ घरमा आयोजना हुने विभिन्न प्रतियोगितामा सहभागि हुदै काठमाण्डौं देखि वेलायतसम्म आइपुग्दा प्रवासको व्यस्तता पनि आभाषको जन्म दिन सफल भएका छन् । वेलायती वसाईको क्रममा जीवनमा घटेका दुखत घटनाले सृजित गीतकार चन्द्रावति राईको एकल जीवनको वास्तविक अनुभतिहरु एल्वममा सजिएका छन् । सवै गीतहरुले श्रोताहरुको मन छुन सक्ने आभाष हामीलाई पनि भएको छ ।

वि.सं.२०७५ चैत २१ बिहीवार २०:२२ मा प्रकाशित