Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो



nepal-stock-exchange

 २३ कात्तिक, काठमाडौँ । धितोपत्र बजारमा मंगलबार  पनि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक मंगलबार २४.६३ अङ्कले घटेर एक हजार ७२४ बिन्दुमा आइपुगेको छ ।

सबै समूहको सेयरमा कमी आएपछि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो । कुल १३८ कम्पनीको १० लाख ३८ हजार ५४७ कित्ता सेयर रु ७६ करोड ३७ लाख ९६ हजार ४४७ मूल्यमा बिक्री भएको हो ।

स्टकका अनुसार बैंकिङ १.६५, होटल १.९१, विकास बैंक ०.९९, जलविद्युत् २.०४, फाइनान्स ०.५५, बिमा १.४३, उत्पादन १.३६ र अन्य समूह ०.१५ प्रतिशतले घटेको हो ।

सोमबार बजार खुल्नेबित्तिकै ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि दोहोरो अङ्कले घटेको हो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम