back
CTIZAN AD

एकतावद्ध भएर अघि बढे कसैले पछाडि पार्न सक्दैन : महामन्त्री कोइराला

वि.सं.२०७५ चैत २४ आइतवार

654 

shares

२४ चैत, भक्तपुर ।  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् ।

नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले काङ्ग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताए ।

महामन्त्री डा कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताउँदै “म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके काङ्ग्रेसलाई कसैले जित्न सक्दैन, काङ्ग्रेस फेरि ठूलो पार्टी हुन्छ”, भने ।

काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, प्रदेश नं ३ का प्रदेशसभा सदस्य रजनी जोन्छे, काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ, भक्तपुर काङ्ग्रेसका पूर्वसभापति गणेशमान चक्रधर, काङ्ग्रेस नेता अष्टकुमार कबे, क्षेत्र नं १ का सभापति जीवन खत्री, नेता मदनकृष्ण श्रेष्ठ, सङ्घका जिल्ला सभापति सरु बानियाँ लगायतले काङ्ग्रेसभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी नेपाली काङ्ग्रेसका महामन्त्री डा कोइरालाले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको आरोप लगाएका छन् ।

वि.सं.२०७५ चैत २४ आइतवार १३:४९ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...