मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भइरहेको खेलमा नेपाललाई अग्रता दिलाउने क्रममा नवयुग श्रेष्ठले गोल गरेका हुन् । उनले रिबाउन्डमा आएको बल सदुपयोग गर्दै पहिलो हाफको अन्त्यतिर अर्थात अतिरिक्त समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । यसअघि नेपालले गोलका केही राम्रा अवसर गुमाएको थियो ।
जारी प्रतियोगितामा नेपाल समूह चरणको दोस्रो तथा अन्तिम खेल खेलिरहेको छ । आज जित निकाले नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ ।
त्यस्तै बराबरी गरे वा ३–० गोलअन्तरले हारेमा उपविजेता बन्नेछ । शनिबार भएको आफ्नो पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको नेपालको सेमिफाइनल सम्भावना बलियो छ । नेपाल र ब्रुनाईबीच दोस्रो हाफ सुरु भएको छ । रासस