back

भक्तपुरमा फेरि बर्डफ्लु सर्तक हुन् आग्रह

वि.सं.२०७५ चैत २७ बुधवार

402 

shares
GLOBAL IME AD
NTC AD

२७ चैत, भक्तपुर ।  सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको छ ।

फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पाइएपछि गए राति दुई हजार २०० ब्रोइलर कुखुरा नष्ट गरिएको छ । फार्ममा रहेका कुुखुरामा एचवानएनवान बर्डफ्लुको भाइरस भेटिएपछि पशु सेवा विभागका प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको फार्म सञ्चालक न्यौपानेले जानकारी दिए ।

बर्डफ्लु सङ्क्रमित क्षेत्रको चार किल्लाभित्र कुखुरा नष्ट गरी खाडलमा पुरिएको छ भने खाली खोरलाई सङ्क्रमणमुक्त बनाउँदै बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम गरिएको छ ।

यसअघि गत बुधबार सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका कुखुरामा पनि बर्डफ्लु पुष्टि भएपछि दुई हजार ९८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो ।

वि.सं.२०७५ चैत २७ बुधवार ०९:५७ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी...