back
CTIZAN AD

४८ फार्मका ६० हजार भन्दा बढी कुखुरा नष्ट, ६ करोड बढीको क्षति

वि.सं.२०७५ चैत २९ शुक्रवार

714 

shares

२९ चैत, हेटौँडा । प्रदेश नं ३ को हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा कृषकका कुखुरा फार्ममा अहिले बर्डफ्लु रोगलाई नियन्त्रण गर्ने प्रयास भइरहेको जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ ।

उपमहानगरका वडा नं ६, ७, ८, १६ र १७ मा स्थानीय कृषकका ४८ फार्मका कृषि तथा पशुपक्षी मन्त्रालयबाट आएको प्राविधिक टोलीले आजसम्ममा ६० हजार २०५ कुखुरा र चल्ला नष्ट गरी खाल्डोमा पुरेको सो कार्यालयले जनाएको छ ।

यसैगरी ती प्रभावित क्षेत्रबाट कुखुराका अण्डा १८ हजार ५०० र कुखुराको दाना चार हजार १०० केजी पनि खाल्टोमा पुरिएको बताइएको छ । बर्डफ्लुको प्रकोपबाट नष्ट गरिएका कुखुराको करीब रु छ करोड ५० लाख मूल्य बराबरको क्षति भएको र ती कृषकलाई तत्काल प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउन आवश्यक कानूनी प्रक्रिया शुरु गरी सकिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा चेतनाथ खरेलले बताए ।

प्रभावित कृषकतर्फबाट प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालाई हालै भेटी प्रदेश सरकारको तर्फबाट कृषकलाई क्षतिपूर्तिबापत रकम उपलब्ध गराइदिन माग गरिएको वडा नं ७ का अध्यक्ष राजन थापाल बताए ।
प्रदेशसभाको केही दिन अघि बसेको बैठकमा विशेष समयमा बोल्नु हुने सदस्यको जिज्ञासामा मुख्यमन्त्री पौडेलले प्रदेशअन्तर्गत पर्ने जिल्लामा क्षति पुगेका कृषकलाई प्रदेश सरकारको तर्फबाट आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया शुरु गरी सकिएको बताएका थिए ।

मकवानपुरका विभिन्न गाउँपालिकाका कुखुरा फार्ममा काठमाडौँबाट आएका प्रमुख पशु चिकित्सक डा राम कार्कीलगायतको प्राविधिक टोलीले विभिन्न चरणमा अनुगमन गर्ने र रोग फैलिन नदिने प्रयास शुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

वि.सं.२०७५ चैत २९ शुक्रवार १८:०४ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...