back
CTIZAN AD

किन लगाए मोदीले पाँच सय र हजारका भारु नोटमा प्रतिबन्ध ?

वि.सं.२०७३ कात्तिक २४ बुधवार

1.7K 

shares

anga-raj-timlsina

अमेरीकामा राष्ट्रपतीय चुनाबको रौनक छ भने भारतमा ठूला भारु नोटको बन्देजले सारा भारतै तताएको छ (अ र्थात संयोगले अमेरिकनहरू भोट गन्दै भने भारतीयहरु नोट गन्दै) । यस बिषयमा चासो भएकालाई (र नभएकालाई समेत) मेरो विचार यस प्रकार छ :

भारतमा ५०० र १००० का नोट बन्द गर्ने कुरा केही समय देखी चल्दै आएको थियो र मोदीले राष्ट्रीय टेलिभिजन मार्फत धोषणा गरी छोडे । भारतमा ८० प्रतिसत जती मुद्राचलन ५०० र १००० का नोटले हुने गर्थ्यो ।

अर्थतन्त्रमा मुद्राचलन (नोटको सर्कुलेसन) गत दुई बर्षमा झण्डै ३० प्रतिसतले बढ्नुले अर्थतन्त्रमा कालो बजारी र भ्रस्टाचार बढेको भन्ने मोदी सरकार निष्कर्षमा पुगेको देखिन्छ । किनकी बैंकमा ५०,००० भन्दा बढी जम्मा गर्नु परे परिचय पत्र चाहिने जसले आम्दानीको स्रोत खुलाउने डर र बित्तिय बजारमा लगानी गर्न स्रोत खुल्नु पर्ने भएकाले धेरै भ्रष्टाचारी र काला बजारीयाले या त घर जग्गा र सुन किन्ने गरेका या त नोट नै कतै लुकाइराखेका हुन सक्ने भएकाले ठूला नोट बन्द गर्ने बित्तिकै कालो बजारी र भ्रस्टाचारमा धेरै नियन्त्रण आउने मोदीको आँकलन छ।

यस अघी कर छल्न सहकारी बैंकलाई काला बजारीया र भ्रष्टाचारीले प्रयोग गर्थे भने अहिले सहकारी बैंकमा रहेको पैसाको समेत स्रोत खुलाउनु पर्ने र कर तिर्नु पर्ने भए पछी सिधा नोट बाटै गैर कानूनी धन्दा र भ्रष्टाचार बढेको ठहर छ । अर्कोतिर मोदीले यी नोटहरुका कारण बजारमा मुद्राचलन बढेकाले बजार भाउ बढेको पनि भने ।

काला बजारीया र भ्रष्टाचारीले देश भित्र लुकाएर राखेको सम्पती बाहिर निकाल्ने यो पनि एउटा तरीका हो किनकी अक्सर यस्ताले ठूला नोट (१००० र ५००) कै प्रयोग गरी पैसा लुकाउछ्न ।

मोदीको यो घोषणाले कालो धन जम्मा गरेकाहरु या त उनीहरुले सम्पती गुमाउने छन (बैंकमा नोट बुझाउन न आए) वा करको दायरा र अनुसन्धानको दाएरामा आउन बाध्य हुने छ्न किनकी यी नोटहरु ५० दिन भित्र साँटी सक्नु पर्ने छ ।

साना नोट हरु प्रयोग गरेर करोडौं करोड बोक्न गार्हो हुने हुँदा भ्रस्टाचार कम हुने र देश बाहिरबाट नक्कली नोट आउने वा देश भित्र बाट आफ्नो नोट बाहिर “स्मग्लिङ” हुने काम घट्ने अपेक्षा गरिएको छ ।

स्मरण रहोस युरोपियन केन्द्रीय बैंकले युरो ५०० को नोट छाप्न बन्द गरेको थियो किनकी युरो ५०० को नोट लाई “बिन लादेन नोट” पनि भनिन्थ्यो किनकी बिन लादेनले यही ठूलो राशीको नोट (५०० युरो = नेपाली रु ५९,००० बराबर ) स्मग्लिङ गरेर वा नक्कली छपाएर अल्क्वेदाको आतंकबादका लागी खर्च उठाउने गर्थे । सायद अहिले पाकिस्तानसंग भारतको बिग्रदो संबन्ध, आतंकबादबाट खतरा र भारु नोट को नक्कली मुद्राचलनको डरले पनि भारतले ५०० र १००० का ठूला भारु नोट मा बन्देज लगाएको हुनु पर्छ ।

अर्को कुरा भारतले यी नोट प्रतिबन्ध गर्नाले घरेलु कालो धन पत्ता लगाउन वा निरुत्साही गर्न सहयोग पुर्याउला तर अरबौं डलरको बिदेशमा रहेको कालो धन वा अकुत संपतीलाई ल्याउन के गर्ला हेर्न बाँकी छ । मोदी यही प्ल्याट्फर्ममा चुनाब जितेर आएका हुन ।

नेपालको कुरा गर्दा बिगतमा भारत कै दबाबमा नेपालले करीब १० बर्ष जती यी नोटमा प्रतिबन्ध लगाएको थियो । दुई देश बिचको गैर कानूनी धन्दा र नेपाल तिर भारत पस्ने नक्कली नोट कम गर्न यसो गरिएको भनिन्थ्यो ।

भारतको यो कदमले दुई देश बिचको गैर कानूनी धन्दामा कमी आउला तर नेपाले अरु देशबाट ल्याएका सामान वा भारतबाटै ल्याएका सामान सन्धी अनुसार भारतमा निर्यात गर्न पाइदैन तर यथार्तमा भारतसंग नेपालको यस्तो ब्यापार आधिकारीक ब्यापार भन्दा ठूलो छ र यो ब्यापारलाई मोदीको यो कदमले प्रत्यक्ष असर पार्ने छ । घाटा कोलाई पर्‍यो, तपाइले बुझी सक्नु भयो ।

यसको अर्थ नेपालले गैर कानूनी होईन कानूनी रुपले नै देशको उत्पादन, लगानी र ब्यापार बढाउन आबश्यक छ, दुबै तिरका छिमेकीको सहयोग र सद्भाबमा । तर खोइ देशको आर्थीक बिकासलाई राजनीतीको मुख्य मुद्दा बनाउने दिन कहिले आउने ?

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०४:२० मा प्रकाशित

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...