back
CTIZAN AD

सिंगापुरलाई हराएको नेपाल युएईसँग १ रनले हार्यो

वि.सं.२०७५ चैत ३० शनिवार

798 

shares
३० चैत, काठमाडौं । आईसीसी यू १९ एकदिवसीय खेलमा नेपाल युएईसँग हारेको छ । 

शुक्रबारको खेलमा सिंगापुरलाई २७७ रनले हराएको नेपालले शनिबार युएईसँग १ रनले पराजित भएको छ ।

मलेसियामा जारी एसिया छनोटको दोश्रो खेलमा नेपाल युएईसँग १ रनले पराजित भएको बताइएको छ । खेलको विचमा वर्षा भएकोले नेपालले १ रनले पराजय बेर्होनुपरेको हो ।
नेपालले युएईलाई २४८ रन दिएको थियो । युएईले जवाफी व्याटिङ गरिरहँदा वर्षा भएकोले खेल रोकिएका कारण खेलको निर्णय डिएलबाट गरिएको बताइएको छ ।

३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोडेको युएईका खेलाडी अर्भिन्दले अविजितले ४७ रन जोडेका थिए भने आन्स टन्डनले ५४ र न जोडका थिए ।

त्यस्तै नेपाली खेलाडी कमल ऐरी र सागर ढकालले एक÷एक रन विकेट लिएका थिए भने भिम सार्की र हरि चौहानले अर्धशतकिय इनिङ खेलेका थिए । त्यस्तै हरिले ७४ बलमा ६७ रन बनाएका थिए भने भिमले ५४ बलमा ५३ रन बनाएका थिए ।

त्यस्तै ओपनर रित गौतमले ४४ रन जोड्दा आरिफ शेखले २७ रन बनाएका थिए भने कप्तान रोहित कुमार पौडेल १८ रनमा आउट हुँदा पवन सर्राफले १२ रन जोडेका थिए ।

पहिलो खेलमा सिंगापुरलाई भारी रनले पराजित गरेको नेपालले दोस्रो खेलमा युएईसँग १ रनले पराजित भएको छ । साथै नेपालले तेस्रो खेल आयोजक राष्ट्र मलेसियासँग अप्रिल १५ मा खेल्दैछ ।

वि.सं.२०७५ चैत ३० शनिवार १८:१७ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...