back

सिंगापुरलाई हराएको नेपाल युएईसँग १ रनले हार्यो

वि.सं.२०७५ चैत ३० शनिवार

54 

shares
३० चैत, काठमाडौं । आईसीसी यू १९ एकदिवसीय खेलमा नेपाल युएईसँग हारेको छ । 

शुक्रबारको खेलमा सिंगापुरलाई २७७ रनले हराएको नेपालले शनिबार युएईसँग १ रनले पराजित भएको छ ।

मलेसियामा जारी एसिया छनोटको दोश्रो खेलमा नेपाल युएईसँग १ रनले पराजित भएको बताइएको छ । खेलको विचमा वर्षा भएकोले नेपालले १ रनले पराजय बेर्होनुपरेको हो ।
नेपालले युएईलाई २४८ रन दिएको थियो । युएईले जवाफी व्याटिङ गरिरहँदा वर्षा भएकोले खेल रोकिएका कारण खेलको निर्णय डिएलबाट गरिएको बताइएको छ ।

३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोडेको युएईका खेलाडी अर्भिन्दले अविजितले ४७ रन जोडेका थिए भने आन्स टन्डनले ५४ र न जोडका थिए ।

त्यस्तै नेपाली खेलाडी कमल ऐरी र सागर ढकालले एक÷एक रन विकेट लिएका थिए भने भिम सार्की र हरि चौहानले अर्धशतकिय इनिङ खेलेका थिए । त्यस्तै हरिले ७४ बलमा ६७ रन बनाएका थिए भने भिमले ५४ बलमा ५३ रन बनाएका थिए ।

त्यस्तै ओपनर रित गौतमले ४४ रन जोड्दा आरिफ शेखले २७ रन बनाएका थिए भने कप्तान रोहित कुमार पौडेल १८ रनमा आउट हुँदा पवन सर्राफले १२ रन जोडेका थिए ।

पहिलो खेलमा सिंगापुरलाई भारी रनले पराजित गरेको नेपालले दोस्रो खेलमा युएईसँग १ रनले पराजित भएको छ । साथै नेपालले तेस्रो खेल आयोजक राष्ट्र मलेसियासँग अप्रिल १५ मा खेल्दैछ ।

वि.सं.२०७५ चैत ३० शनिवार १८:१७ मा प्रकाशित

एसीसी यू-१९ एसिया कपमा आज नेपाल अफगानिस्तानसँग खेल्दै, खेल जित्नै पर्ने दबाबमा नेपाल

एसीसी यू-१९ एसिया कपमा आज नेपाल अफगानिस्तानसँग खेल्दै, खेल जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ । एसीसी यू-१९ एसिया कपमा आइतबार (आज) नेपाल अफगानिस्तानसँग...

एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा...

एसीसी यु–१९, नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

एसीसी यु–१९, नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

काठमाडौँ । एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताको...

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी...

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल...

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

चितवन । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी...