back
CTIZAN AD

सुडानमा नागरिक सरकार बनाउन विपक्षीको माग

वि.सं.२०७५ चैत ३० शनिवार

675 

shares

३० चैत, खार्तुम ।  सुडानको विपक्षी गठबन्धनले अन्तरिम सैन्य परिषद्लाई अन्तरिम नागरिक सरकारमा रुपान्तरण गर्न माग गरेको छ ।

तत्कालिन राष्ट्रपति ओमार अल बशिरलाई पदच्युद गरी सेनाले नै सैन्य परिषद् गठन गरेको घोषणा गरेपछि विपक्षीहरुले नागरिक सरकार बनाउन माग गरेका हुन् ।

सुडान विपक्षी स्वतन्त्र र परिवर्तन गठबन्धनले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नका लागि नागरिक स्तरबाट सरकार बनाउनु पर्नेमा जोड दिएको छ ।

सुडानी विभिन्न पेशागत संगठनहरु समेत रहेको गठबन्धनले सैन्य परिषद्को नेतृत्व गर्नु भएका लेफ्टीनेन्ट जनरल अब्देल फत्ताह अल बुर्हान अब्देल रहमानलाई सडकको आवाज सुन्न पनि आग्रह गरेको छ ।

आम नागरिकहरुले तत्काल नागरिक सरकार बनाउन माग गरेको र सैन्य परिषद्ले लिएको शक्ति हस्तान्तरण गर्न गठबन्धनले शुक्रबार जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

सुडानमा ३० बर्षदेखि शासन गर्नु भएका तत्कालिन राष्ट्रपति ओमारलाई हटाएर सैन्य परिषद् गठन गरेपछि पनि प्रदर्शनहरु भइरहेका छन् ।

त्यसअघि पनि ओमारलाई हटाउन माग गर्दै सैन्य मुख्यालय अगाडी लामो समयदेखि प्रदर्शन भइरहेको थियो । विरोध प्रर्दशन बढ्दै गएपछि शुक्रबार नै अन्तरिम सैन्य परिषद्का अध्यक्ष तथा तत्कालिन रक्षा मन्त्री अवाद मोहम्मद इब्न आफले राजिनामाको घोषणा गर्नु भएको छ । उनले लेफ्टीनेन्ट जनरल रहमानलाई जिम्मेबारी दिनु भएको छ ।

सन् १९८९ कु गरेर शासन गर्दै आउनु भएका ओमारलाई विगत चार महिना देखि भएको रक्तपातपूर्ण आन्दोलनपछि सैन्य उच्चअधिकारीहरुले पदमुक्त गरिदिएका हुन् ।

उनीहरुले दुई बर्षका लागि परिषद् गठन गरिएको र त्यसपछि लोकतान्त्रिक प्रक्रियामार्फत नागरिक सरकार बनाइदिने बताएका छ्न् ।

वि.सं.२०७५ चैत ३० शनिवार १७:४९ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...