back

सुडानमा नागरिक सरकार बनाउन विपक्षीको माग

वि.सं.२०७५ चैत ३० शनिवार

30 

shares

३० चैत, खार्तुम ।  सुडानको विपक्षी गठबन्धनले अन्तरिम सैन्य परिषद्लाई अन्तरिम नागरिक सरकारमा रुपान्तरण गर्न माग गरेको छ ।

तत्कालिन राष्ट्रपति ओमार अल बशिरलाई पदच्युद गरी सेनाले नै सैन्य परिषद् गठन गरेको घोषणा गरेपछि विपक्षीहरुले नागरिक सरकार बनाउन माग गरेका हुन् ।

सुडान विपक्षी स्वतन्त्र र परिवर्तन गठबन्धनले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नका लागि नागरिक स्तरबाट सरकार बनाउनु पर्नेमा जोड दिएको छ ।

सुडानी विभिन्न पेशागत संगठनहरु समेत रहेको गठबन्धनले सैन्य परिषद्को नेतृत्व गर्नु भएका लेफ्टीनेन्ट जनरल अब्देल फत्ताह अल बुर्हान अब्देल रहमानलाई सडकको आवाज सुन्न पनि आग्रह गरेको छ ।

आम नागरिकहरुले तत्काल नागरिक सरकार बनाउन माग गरेको र सैन्य परिषद्ले लिएको शक्ति हस्तान्तरण गर्न गठबन्धनले शुक्रबार जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

सुडानमा ३० बर्षदेखि शासन गर्नु भएका तत्कालिन राष्ट्रपति ओमारलाई हटाएर सैन्य परिषद् गठन गरेपछि पनि प्रदर्शनहरु भइरहेका छन् ।

त्यसअघि पनि ओमारलाई हटाउन माग गर्दै सैन्य मुख्यालय अगाडी लामो समयदेखि प्रदर्शन भइरहेको थियो । विरोध प्रर्दशन बढ्दै गएपछि शुक्रबार नै अन्तरिम सैन्य परिषद्का अध्यक्ष तथा तत्कालिन रक्षा मन्त्री अवाद मोहम्मद इब्न आफले राजिनामाको घोषणा गर्नु भएको छ । उनले लेफ्टीनेन्ट जनरल रहमानलाई जिम्मेबारी दिनु भएको छ ।

सन् १९८९ कु गरेर शासन गर्दै आउनु भएका ओमारलाई विगत चार महिना देखि भएको रक्तपातपूर्ण आन्दोलनपछि सैन्य उच्चअधिकारीहरुले पदमुक्त गरिदिएका हुन् ।

उनीहरुले दुई बर्षका लागि परिषद् गठन गरिएको र त्यसपछि लोकतान्त्रिक प्रक्रियामार्फत नागरिक सरकार बनाइदिने बताएका छ्न् ।

वि.सं.२०७५ चैत ३० शनिवार १७:४९ मा प्रकाशित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...