back
CTIZAN AD

मन्त्रीले नै गरे फेसबुक मार्फत् यस्तो अपिल

वि.सं.२०७६ वैशाख ३ मंगलवार

609 

shares

३ बैशाख, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना सम्बन्धी अपिल गरेका छन् ।

मन्त्री पोखरेलले शैक्षिक सत्र २०७६ का लागि सञ्चालन भइरहेको अवस्थामा विद्यार्थी भर्ना अभियानबाट विद्यालय उमेरसमुहका कुनै पनि बालबालिका  शिक्षाबाट वञ्चित हुनु नपर्ने अवस्था सिर्जना गर्नुपर्ने भन्दै उक्त अपिल गरेका हुन् ।

उनको अपिलमा भनिएको छ,
शैक्षिक सत्र २०७६ का लागि “हाम्रो नगर हाम्रो गाउँ, सबै बाबालिकालाई विद्यालय पु¥याऔँ” भन्ने आदर्श वाक्य चयन गरी भर्ना अभियान २०७६ यही वैशाख २ गतेबाट सञ्चालन गरिदैछ । विगत २०६१ सालदेखि विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई अभियान कै रुपमा विद्यालयमा प्रवेश गराउने कार्यक्रमका रुपमा विद्यार्थी भर्ना अभियान प्रत्येक वर्ष बैशाखदेखि सञ्चालन हुदै आएको छ ।

नेपालको संबिधानमा आधारभूत शिक्षा निःशुल्क तथा अनिवार्य गरी शिक्षालाई मौलिक हकका रुपमा कायम गरिएको छ । अहिले समाजवादउन्मुख राज्य निर्माणको यस महत्वपूर्ण घडिमा शैक्षिक सत्र २०७६ का लागि सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियानबाट विद्यालय उमेरसमुहका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनु नपर्ने अवस्था सिर्जना गर्न सक्नु पर्दछ । तसर्थ विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर सुनिश्चित गर्न र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि विद्यार्थी भर्ना अभियान महत्वपूर्ण ढोका हो । यस ढोकाबाट विद्यालयमा प्रवेश गरेका सबै बालबालिकालाई गुणस्तरीय सिकाइ अवसर प्रदान गर्ने र अपेक्षित सिकाइ क्षमता विकास गर्ने दायित्व आम शिक्षक वर्गसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला र सरकारी तथा गैरसरकारी क्षेत्र सबैमा रहेको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगबाट संघीय नेपालको शिक्षा नीतिको मार्गदर्शक प्रतिवेदन तयार भएको छ । यस वर्षको विद्यार्थि भर्ना अभियानसँगै हामी सामुदायिक विद्यालय सुधार तथा रुपान्तरणको अभियानमा जुट्दैछौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट १० बुँदे मार्गचित्र, २२ बुँदे कार्ययोजनासँगै हरित विद्यालय, नमूना विद्यालय, प्राविधिक विद्यालय, लक्षित छात्रवृति, निशुल्क पाठ्यपुस्तक, शिक्षक तालिम, अभिभावक सचेतना जस्ता कार्यव्रmम तथा अवधारणा कार्यान्वयनसँगै साक्षर नेपाल घोषणाको तयारी समेत भइरहेको छ ।

यस महत्वपूर्ण अभियानमा विगत वर्षमा जस्तै सरकारी तथा गैरसरकारी क्षेत्र, राजनीतिक दल, सामाजिक संघ संस्थाहरु एवम् उद्योगी, व्यवसायी, अभियन्ता, शिक्षक, विद्यार्थी, अभिभावक, राष्ट्रसेवक, जनप्रतिनिधिसहित सिंगो नेपाल परिचालित हुन आवश्यक छ । म ज्ञानको ज्योति बाल्ने यस महान् अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने, नियमिति विद्यालय आगमनको सुनिश्चित गर्ने र विद्यालयमा उचित सिकाइ बाताबरण तयार गर्न आम नेपाली दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक अपिल गर्दछु ।’

गिरिराजमणि पोखरेल
मन्त्री
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

वि.सं.२०७६ वैशाख ३ मंगलवार १४:१४ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...