back

जापानको एक अस्पतालमा भेटियो स्याउ जत्रो आकारको बालक

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

27 

shares

६ बैशाख, टोकियो । जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् ।
ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात स्याउको आकारका थिए । रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च रक्तचापकी बिरामी थिइन् ।

चिकित्सकहरुले तोशिकाको २४ हप्ता पाँच दिनको गर्भबाट सफलतापूर्वक सिजेरियन गरी ती बालकलाई जन्म दिएका थिए । गत अक्टोबर १, २०१८ का दिन जन्मेका ती बालकको तौल जन्मदा २५८ ग्राममात्र थियो ।

जापानमा यो दोस्रो अनौठो घटना हो । यसअघि अघिल्लो वर्ष जापानमै जन्मिएका अर्का एक बालकको तौल २६८ ग्राम थियो । ती बालकलाई गत फेब्रुअरीमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

अस्पतालको इन्टेन्सिभ केयरमा सात महिना राखेपछि रेयुसुकेको तौल १३ गुणा बढेको थियो । अहिले ती बालकको तौल ३ किलोग्रामभन्दा बढी भइसकेको छ । ती बच्चालाई जापानको नागानो बाल अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

जन्मिदा बच्चा यति सानो थियो कि छुँदै भाँच्चिएला जस्तो लाग्थ्यो । मलाई त अति डर लाग्थ्यो, आमा तोशिकाले बताइन् ।

“अहिले ऊ दूध पिउँछ । हामीले उसलाई नुहाइदिन थालेका छौं । मलाई अति खुशी लागेको छ,” उनले भनिन् ।

विश्वमै सबैभन्दा कम तौलकी बालिका सन् २०१५ मा जर्मनीमा जन्मिएकी थिइन् । जन्मिदा उनको तौल २५२ ग्राम मात्र थियो ।

अति साना बालबच्चाको बाँच्ने दर केटीहरुको भन्दा केटाहरुको कम हुने गर्दछ । ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १४:२६ मा प्रकाशित

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...