२५ कात्तिक, तल्लिन (इस्टोनिया) । इस्टोनियाकी प्रधानमन्त्री टाभी रोइभासलाई बुधबार यहाँको संसदले अविश्वासको मतद्वारा हटाउने निर्णय लिएको छ ।
रोइभासको सरकारका गठबन्धन दुई दलसहित पाँच दलले उहाँको सरकार सञ्चालन गर्ने शैलीप्रति आलोचना व्यक्त गर्दै उहाँविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गरेका थिए ।
एक सय एक सदस्य सङ्ख्या भएको संसदमा रोइभासविरुद्धको अविश्वासको प्रस्ताव मतदानमा ६३ सदस्यले मतदान गरेपछि सन् २०१४ देखि प्रधानमन्त्री बन्नुभएका उहाँको कार्यकाल समाप्त भएको छ ।
रोइभासले संसदमा आफ्नो पक्षमा विश्वासको मत प्रमाणित गराउन नसकेपछि इस्टोनियाका राष्ट्रपतिले नयाँ सरकार गठनका लागि अन्य दल तथा नेतृत्वसँग तत्कालै परामर्श सुरु गर्नुहुने भएको छ । एएफपी