back
CTIZAN AD

इस्टोनियाली प्रधानमन्त्री रोइभास विश्वासको मत लिन असफल

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

939 

shares

२५ कात्तिक, तल्लिन (इस्टोनिया) । इस्टोनियाकी प्रधानमन्त्री टाभी रोइभासलाई बुधबार यहाँको संसदले अविश्वासको मतद्वारा हटाउने निर्णय लिएको छ ।

रोइभासको सरकारका गठबन्धन दुई दलसहित पाँच दलले उहाँको सरकार सञ्चालन गर्ने शैलीप्रति आलोचना व्यक्त गर्दै उहाँविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गरेका थिए ।

एक सय एक सदस्य सङ्ख्या भएको संसदमा रोइभासविरुद्धको अविश्वासको प्रस्ताव मतदानमा ६३ सदस्यले मतदान गरेपछि सन् २०१४ देखि प्रधानमन्त्री बन्नुभएका उहाँको कार्यकाल समाप्त भएको छ ।

रोइभासले संसदमा आफ्नो पक्षमा विश्वासको मत प्रमाणित गराउन नसकेपछि इस्टोनियाका राष्ट्रपतिले नयाँ सरकार गठनका लागि अन्य दल तथा नेतृत्वसँग तत्कालै परामर्श सुरु गर्नुहुने भएको छ । एएफपी

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ०३:२८ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...