back
CTIZAN AD

ट्रम्पलाई साउदी नरेश सलमानको पनि बधाइ

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

852 

shares

donald-trump२५ कात्तिक रियाद (साउदी अरब) । साउदी अरबका राजा सलमानले बुधबार अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उहाँलाई बधाई व्यक्त गर्दै ट्रम्पको कार्यकाल मध्यपूर्वमा देखिएको असुरक्षा तथा अस्थिरतालाई सम्बोधन गर्न सफल रहनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

“हामी महामहिमबाट मध्यपूर्वमा र विश्वभर नै सुरक्षा र स्थिरताका लागि काम गर्न सफल हुनेमा विश्वास राखेका छौँ,” साउदी राजा सलमानले बधाई सन्देशमा बताउनुभएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

उहाँले दुई देशबीच रहँदै आएको ऐतिहासिक तथा प्रगाढ सम्बन्धको प्रशंसा गर्दै यसमा सबै पक्षबाट भएका प्रयास अतुलनीय रहेको बताउनुभएको छ ।

साउदी नेतृत्वले वर्तमान् राष्ट्रपति बाराक ओबामा मध्यपूर्वी राष्ट्र सिरियालगायतका गृहयुद्ध अन्त्य प्रयासमा आफूलाई संलग्न बनाई यहाँको स्थिरताका लागि काम गर्न खासै इच्छुक नदेखिएको बताउँदै आएका छन् ।

टर्कीद्वारा पनि बधाई, नयाँ शिराबाट सम्वन्ध सुरु हुने विश्वास

टर्कीले अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई सन्देश पठाउँदै आगामी दिनमा दुई देशबीच नयाँ शिराबाट सम्बन्ध सुरु हुनेमा विश्वास व्यक्त गरेको छ ।

टर्कीका प्रधानमन्त्री विनाली यल्दीरामले ट्रम्पको विजयपछि अङ्कारामा गरेको सम्बोधनमा भन्नुभयो, मैले श्री ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई व्यक्त गर्न चाहन्छु साथै उहाँको सफल कार्यकालका लागि शुभ कामना व्यक्त गर्दछु ।

उहाँले नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई अमेरिकामा स्वघोषित निर्वासनमा रहेका तथा जुलाई १५ मा भएको असफल सैनिक विद्रोहका नायक टर्कीका धर्मगुरु फेतुल्लाह गुलेनलाई पक्राउ गरी टर्कीलाई सुम्पने काममा नयाँ प्रशासनले टर्कीलाई सहयोग गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

यसैगरी जर्मन विदेशमन्त्री फ्रान्क वाल्टर स्टेनमियरले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग काम गर्न थप कठिन हुने भनी प्रतिक्रिया दिनुभएको छ ।

फ्रान्सद्वारा ट्रम्पमाथि शङ्का

फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले ट्रम्पको अमेरिकी राष्ट्रपतिमा आश्चर्यजनक जितले अनिश्चितताको समयको उदय भएको भनी प्रतिक्रिया दिनुभएको छ ।

बुधबार फ्रान्सेली टेलिभिजनमार्फत गरिएको सम्बोधनमा उहाँले यो विषयले एकीकृत युरोपको आवश्यकतालाई थप ध्यानाकर्षण गरेको बताउनुभएको छ ।

अलान्दले एकीकृत युरुोप जसले यस क्षेत्रको विकासका लागि प्रतिपादित मूल्यमान्यता, रुची र अघि आउने चुनौतीलाई स्वतन्त्ररूपमा सम्बोधन गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभएको छ ।

यसैबीच ट्रम्पको विजयपछि जलवायु परिवर्तनका विषयमा मोरक्कोको माराकेसमा जम्मा भएका कूटनीतिज्ञहरूले ट्रम्पको विजयपछि पेरिसमा भएको जलवायु सम्झौताले पूर्णता पाउनेमा शङ्का व्यक्त गरेका छन् ।

ट्रम्पले जलवायु परिवर्तन नियन्त्रण प्रयासस्वरूप सन् २०१५ को डिसेम्बरमा फ्रान्सको पेरिसमा भएको महत्वपूर्ण जलवायु सम्झौतालाई कार्यान्वयन हुनबाट वञ्चित गर्न नसक्ने फ्रान्सका वातावरणमन्त्री सेगोलेन रोयलले बताउनुभयो ।

उहाँले ७० प्रतिशत ग्रीन हाउस ग्यास उत्सर्जन गर्ने १०३ राष्ट्रले सम्झौतालाई अनुमोदन गरेकाले ट्रम्पका कारण उक्त सम्झौता उल्टिन नसक्ने बताउनुभयो ।

ट्रम्पले भूमण्डलीय तापमान वृद्धिलाई चीनद्वारा फैलाइएको हौवा भनी बताउनुभएको र जलवायु सम्झौता अनावश्यक रहेको जनाउँदै यसलाई रद्द गर्नुपर्ने समेत बताउनुभएको समाचार प्रकाशित भएका थिए ।

यसैबीच मेक्सीकोका राष्ट्रपति इनरिक पेना निएटोद्वारा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले दुई मुलुकबीच विगतदेखि रहँदै आएको मित्रता आगामी दिनमा थप प्रगाढ बताउँदै अघि बढ्न आफू र आफ्नो देश अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभएको छ । एएफपी

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ०३:३० मा प्रकाशित

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...