back
CTIZAN AD

न्युयोर्क वरपरका अभिभावकलाई पर्यटनदूत श्रेष्ठको अनुरोध

वि.सं.२०७६ वैशाख ७ शनिवार

543 

shares


अमेरिकाको न्युयोर्क वरपर बस्ने नेपाली समुदायका बच्चाहरुबीच जुनियर युथ क्लब गठनको तयारी गरिएको छ ।

न्यूयोर्कका लागि पर्यटनदूत रहेका प्रदिप श्रेष्ठको विशेष पहलमा नेपाली बालबच्चाहरुलाई नेपाली भाषा संस्कृति सिकाउन, एकापसमा घुलमिल गराउने मुख्य उद्देश्यले जुनियर क्बल गठन गर्ने सोच बनाइएको हो । उनी भन्छन् ‘ग्रेड ६ देखि १२ सम्म अध्ययन गर्ने बच्चाहरुलाई नेपाली भाषा, कला, संस्कृति तथा नेपालीहरु बिच घनिष्ठ सम्बन्ध र एकअर्का बिच आफुले जानेका कुराहरु साटासाट गर्ने उद्देश्य ले एउटा Junior Youth Club बनाउन अति आवश्यक देखिएकोले हामी साथिहरुको बच्चाहरुलाई हाम्रो अनुकुल समय मिलाएर weekend  मा भेटघाट गर्न शुरुआत गरेका छौ ।’

नेपाल बालबच्चाहरु नबिग्रिउन भन्ने उद्देश्य पनि क्लब गठनको मुख्य ध्येय रहेको उनले बताए । उनले क्लबमा छोराछोरीलाई समावेश गर्दा नेपाली अभिभावकहरु प्रेरित भएको बताए । उक्त क्लबले नेपाल बच्चाहरुलाई अनुकुल समय मिलाएर बिदामामा भेटघाट गराउने गरेको छ ।

दुईहप्ता देखि नेपाली बालबच्चाहरुलाई समूहमा हाइकिङ्ग लाने, मुभि हेर्न लैजाने गरिएको बताउँदै क्लब गठन गर्दा अझ प्रभावकारी हुने सोचका साथ सकेसम्म धेरै नेपाली बालबच्चाहरुलाई सहभागी गराएर क्लब गठन गर्न लागिएको श्रेष्ठले बताए । उक्त क्बलमा आफ्ना बच्चालाई समावेश गराउन चाहानेहरु अभिभावकहरुले म्यासेज अथवा घद्धठटछघठद्दडद्द नम्बरमा आफूलाई फोन गरेर सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।

वि.सं.२०७६ वैशाख ७ शनिवार ०८:०२ मा प्रकाशित