
हुन्न अब धेरै अन्याय बसी हामी सहन
कति सुत्छौ जनता अब अघि उठन
हत्या हिंसा भईरा छ देशभरी सरकार
किन चुप लागेर बसेछौ
कड़ा नियम कानुन बनाउनुहोस् भर्खर २
न्याय माग्न कता जानु भोकमारीमा सबै जुटन
हामी फुटे दुस्मन आउनेछन् यो नेपाल लुटन
हत्या हिंसा भईरा छ देशभरी सरकार
किन चुप लागेर बसेछौ,
कड़ा नियम कानुन बनाउनुहोस् भर्खर २
न्याय छैन जनताको रात दिन रोका छन
कतिले त खाका छन कति त भोंका छन
हत्या हिंसा भईराछ देशभरी सरकार
किन चुप लागेर बसेछौ,
कड़ा नियम कानुन बनाउनुहोस् भर्खर २
सुन्ने कोही छ दिन दुःखीको क्रन्दन
बाँकी नै के छ र धैर्यताको लाग्यो बाँध टुट्न
हत्या हिंसा भईरा छ देशभरी सरकार
किन चुप लागेर बसेछौ,
कड़ा नियम कानुन बनाउनुहोस भर्खर २
वि.सं.२०७६ वैशाख ७ शनिवार १०:३१ मा प्रकाशित






























