back
CTIZAN AD

बहराइनमा २५६३ औं बुद्धजयन्तीको भव्य तयारी

वि.सं.२०७६ वैशाख ९ सोमवार

1.1K 

shares

हरेकवर्ष झै यसवर्ष पनि नेपाल आदिवासी जनजाती महासंघ बहराईन प्रवास साखाको प्रमुख आयोजनामा बहराईनमा २५६३ औं बुद्धजयन्ती भव्यरुपमा मनाइने भएको छ ।

जातिय संस्थाहरु क्रमस : नेपाल मगर संघ बहराईन, तमु सेवा समाज बहराईन, किरात याक्थुङ चुम्लुङ बहराईन, बहराईन तामाङ सेवा समाज, किराँत राई यायोख्खा बहराईन र शेर्पा किदुग बहराईनको सहकार्यमा बुद्ध जयन्ती भब्य मनाईने तयारी अन्तिम चरणमा जुटेको छ ।

प्रवासको ब्यस्त समयलाई मध्यनजर गर्दै १७ मई २०१९ शुक्रबारका दिन बुद्ध जन्मजयन्ती मनाईने तयारीमा जुटेको आयोजक समिति नेफिन बहराईनका अध्यक्ष झहर मान थेबेले संसारन्युजलाई जानकारी दिएका छन् ।

थेबेका अनुसार नेपाली दूतावास बहराईन लगायत सामाजिक सेवाका भावनाले खोलिएका विभिन्न संघसंगठन, पत्रकार, कलाकार, समाजसेवि ब्याक्तित्वहरुको उपस्थिति रहने उक्त कार्यक्रम बौद्ध धर्मावलम्बीहरुको विधि अनुरुप अनुष्ठान तयार गरि लामाद्वारा पाठपुजा गर्दै विधिवत रुपमा मनाइने तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।

बुद्ध जन्मिएको देश नेपाल र नेपालीहरुको गौरव पहिचान, एशियाको तारा, राष्ट्रिय बिभूति तथा बौद्ध मार्गिहरुको आस्थाको प्रतीक गौतम बुद्ध बौद्ध धर्मावलम्बीहरुको मात्र नभएर विभिन्न धर्म मान्ने नेपालीहरुको साझा पहिचान हो ।

उक्त अवसरमा बहराईनमा विभिन्न पेशामा आवद्ध भक्तजनहरुलाई पूजा आरधनाको लागि तपशिलको मिति, समय र स्थानमा उपस्थितिको लागि पनि आयोजक टिमले हार्दिक आवाहान गरेको छ ।

 

वि.सं.२०७६ वैशाख ९ सोमवार ११:४६ मा प्रकाशित

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...