back

बहराइनमा २५६३ औं बुद्धजयन्तीको भव्य तयारी

वि.सं.२०७६ वैशाख ९ सोमवार

54 

shares

हरेकवर्ष झै यसवर्ष पनि नेपाल आदिवासी जनजाती महासंघ बहराईन प्रवास साखाको प्रमुख आयोजनामा बहराईनमा २५६३ औं बुद्धजयन्ती भव्यरुपमा मनाइने भएको छ ।

जातिय संस्थाहरु क्रमस : नेपाल मगर संघ बहराईन, तमु सेवा समाज बहराईन, किरात याक्थुङ चुम्लुङ बहराईन, बहराईन तामाङ सेवा समाज, किराँत राई यायोख्खा बहराईन र शेर्पा किदुग बहराईनको सहकार्यमा बुद्ध जयन्ती भब्य मनाईने तयारी अन्तिम चरणमा जुटेको छ ।

प्रवासको ब्यस्त समयलाई मध्यनजर गर्दै १७ मई २०१९ शुक्रबारका दिन बुद्ध जन्मजयन्ती मनाईने तयारीमा जुटेको आयोजक समिति नेफिन बहराईनका अध्यक्ष झहर मान थेबेले संसारन्युजलाई जानकारी दिएका छन् ।

थेबेका अनुसार नेपाली दूतावास बहराईन लगायत सामाजिक सेवाका भावनाले खोलिएका विभिन्न संघसंगठन, पत्रकार, कलाकार, समाजसेवि ब्याक्तित्वहरुको उपस्थिति रहने उक्त कार्यक्रम बौद्ध धर्मावलम्बीहरुको विधि अनुरुप अनुष्ठान तयार गरि लामाद्वारा पाठपुजा गर्दै विधिवत रुपमा मनाइने तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।

बुद्ध जन्मिएको देश नेपाल र नेपालीहरुको गौरव पहिचान, एशियाको तारा, राष्ट्रिय बिभूति तथा बौद्ध मार्गिहरुको आस्थाको प्रतीक गौतम बुद्ध बौद्ध धर्मावलम्बीहरुको मात्र नभएर विभिन्न धर्म मान्ने नेपालीहरुको साझा पहिचान हो ।

उक्त अवसरमा बहराईनमा विभिन्न पेशामा आवद्ध भक्तजनहरुलाई पूजा आरधनाको लागि तपशिलको मिति, समय र स्थानमा उपस्थितिको लागि पनि आयोजक टिमले हार्दिक आवाहान गरेको छ ।

 

वि.सं.२०७६ वैशाख ९ सोमवार ११:४६ मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...