
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरको आयोजनामा संस्थाको दुई बर्षका गतिबिधी संमेटिएको पहिलो स्मारिका बिमोचनको साथै बरिष्ठ पत्रकार तथा साहित्यकार हरि अधिकारीलाई सम्मान गरिने भएको छ ।
श्रष्टा सम्मान तथा नियमित कवी गोष्ठी कार्यक्रम अन्तर्रगत मे ४ तारिकका दिन कोलोराडोको नर्थग्लेन स्थित क्रसरोड चर्जमा बरिष्ठ पत्रकार तथा साहित्यकार अधिकारीलाई सम्मान तथा उनको बाहुलीबाट स्मारिका बिमोचन गर्न लागिएको हो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको बिगत दुई बर्षको कार्यकालमा डेढ दर्जन भन्दा बढि कवी गोष्ठी र दुई दर्जन भन्दा बढी श्रष्टाहरु सम्मान तथा अभिनन्न भएका छन् । यि सबै कार्यक्रमका झलकहरु समेटिएर तयार पारिएको संस्थाको पहिलो स्मारिका बरिष्ठ पत्रकार तथा साहित्यकार अधिकारीको प्रमुख आतिथ्यतामा बिमोचनगर्न लागिएको आयोजक संस्थाका महासचिव श्याम श्रेष्ठले बताएका छन् ।
स्मारिका बिमोचन तथा श्रष्टा सम्मान समारोहमा अधिकारीको प्रवचन, कविता, वाचन, स्मारीका बितरण कार्यक्रम रहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुंगेलले बताएका छन् ।
यस विशेष अवसरमा आफ्ना लेख, रचना, लिएर सुन्न र सुनाउन उपस्थितीको लागी सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी, बाल बालीका तथा सर्वसाधरणलाई ढु¨ेलले अनुरोध गरेका छन् ।
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी हदै आएको छ ।
वि.सं.२०७६ वैशाख १२ बिहीवार ०९:५२ मा प्रकाशित






























