back
CTIZAN AD

चार जिल्लामा चियाखेती विस्तार गर्दै टिटिएस सहकारी

वि.सं.२०७६ वैशाख १६ सोमवार

882 

shares

१६ वैशाख, काठमाडौँ । पूर्वका पहाडी जिल्लाहरु भोजपुर, खोटाङ, सङ्खुवासभा र सोलुखुम्बुमा चिया खेती विस्तार गर्ने उद्देश्यले गठित टिटिएस कृषि सहकारी संस्था लिले आइतबार यहाँ चिया दिवस मनायो ।

कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले संस्थाले हाल भोजपुर र खोटाङको एक हजार २०० रोपनी जमीनमा चियाखेती विस्तार गरिसकेको र क्रमशः सोलुखुम्बु र सङ्खुवासभालाई पनि समेट्दै लैजाने उद्देश्य रहेको जानकारी दिए । उनका अनुसार संस्थाले हाल भोजपुरमा १० र खोटाङमा ७ गरी जम्मा १७ वटा बगान सञ्चालन गरिसकेको छ भने भोजपुरको रामप्रसाद राई गाउँपालिकाको कटुन्जेस्थित बतासे डाँडामा चिया प्रशोधन कारखाना स्थापना गरिसकेको छ । कारखानाले यसै वर्षदेखि चिया प्रशोधन थाल्ने उनले जानकारी दिए ।

विसं २०७० मा स्थापना भएको तथा भोजपुरमा मुख्य कार्यालय रहेको यस थामडाँडा—टेम्के— सिलिचुङ टिटिएस कृषि सहकारी संस्थाले प्रवद्र्धक र साधारण गरी ४०० किसानलाई समेटेको उनले बताए । यसैगरी संस्थाले अब पहिले स्थापना भएका छिनामखु र खुरिलाका बगानको चियाका बोटबाट चियापत्ती सङ्कलन गरी यसै वर्षदेखि चिया प्रशोधन गर्न थाल्ने भएको छ ।

राईले नेपालमा चिया तथा कफी बोर्ड स्थापना भएपनि चियालाई जोड दिई किसानलाई सरकारले सहयोग गर्न नसकेको गुनासो गरे । उनले भने, “भोजपुरमा अहिलेसम्म चिया कफी बोर्डको कार्यालय नै स्थापना भएको छैन ।”

उनले संस्थाले यी चार जिल्लामा प्राङ्गारिक चिया खेती विस्तार गरी उच्च मूल्यको बजार खोजी गर्नसके जनतालाई समृद्घ बनाउन सकिने उल्लेख गरे । धेरै जनताले जग्गा ‘लिज’मा दिई खेतीमा संलग्न रहेपनि सरकारले खाली रहेका जमीन पनि उपलब्ध गराउन नसकेको बताए ।

पूर्व प्रशासक प्रजिअ रहिसक्नुभएका राईले संस्थालाई डेनमार्कको संस्था डानिडाले सहयोग गरेको र प्रदेश सरकारले पनि यस सहकारीका लागि रु २ करोड बजेट छुट्याए पनि प्रदेशमा कर्मचारी अभाव र प्रक्रियागत झमेलाका कारण सो रकम फिर्ता हुने अवस्थामा रहेको गुनासो पोखे ।

संस्थाले हाल भोजपुरको कटुन्जेस्थित बतासे, ओख्रे, छिनामखु, टेम्के घोरनागी, धिन्ताङ, यूँ, पूर्णियाँ डाँडा आदि तथा खोटाङका पामाखाम, भन्ज्याङखर्क, वाप्लुखा, मुलडाँडा आदि बगान सञ्चालन गरी धेरै स्थानीय किसानलाई समेटेको छ । संस्थाको सक्रियताका कारण यी जिल्लाका नाङ्गा डाँडामा चियाले हराभरा बनाउन सकिने विश्वास लिइएको छ । बतासेस्थित प्रशोधन कारखाना करीब रु एक करोड लागतमा २०७५ मा बनेको हो । यसमा अन्तर्राष्ट्रिय संस्थाले ५० प्रतिशत सहयोग गरेको छ । राष्ट्रपतिको गृहजिल्ला हुनुका साथै, प्रधानमन्त्री तथा प्रदेशका मुख्यमन्त्री शेरधन राईले समेत संस्थाप्रति चासो देखाई सहयोग गर्ने वचन दिएको पनि उनले जानकारी दिए । संस्थाको शेयर पूँजी रु एक करोड रुपैयाँ पुग्न लागेको पनि उनले बताए ।

कार्यक्रममा समाजसेवी तथा सल्लाहकार इन्द्रकुमार चामलिङ, कृषिविज्ञ सल्लाहकार इशुशङ्कर श्रेष्ठ, वागवानी विज्ञ वैज्ञानिक सल्लाहकार डा भुवन राई, पत्रकार तीर्थ भट्टराई, दोर्जमान तामाङ आदिले यी जिल्लामा संस्थाले चिया खेतीको विस्तार गरी जनताको समृद्घिमा सघाउने भएकाले संस्थालाई सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाको विसं २०७६ को क्यालेण्डर विमोचन गरिएको थियो भने नयाँ शेयर सदस्यलाई प्रमाणपत्र वितरण गर्नुका साथै चिया दिवसको उपलक्ष्यमा उपस्थितलाई इलामको चिया खुवाइएको थियो ।

वि.सं.२०७६ वैशाख १६ सोमवार ११:३५ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...