back

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा दाहाल

वि.सं.२०७६ वैशाख १८ बुधवार

33 

shares

 

१८ बैशाख, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिर प्रसाद दाहाल नियुक्त भएका छन् ।

हाल सि.वि.आई.एल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका समिर प्रसाद दाहाल बैशाख २० गतेबाट लागु हुने गरी बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

करिव १६ वर्ष अघि बैंकिङ्ग करियर थालेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन् । ६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा यस बैंकसंग आबद्ध भएका दाहाल यस अघि बैंकको भगिनी संस्था सि.वि.आई.एल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।

उनले वित्त तथा योजना तर्जुमा विभाग, आई. टी, संचालन विभाग, कर्जा प्रसाशन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपुर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको छ । उनी हाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्दै छन् । नववियुक्त सहायक प्रमुख कार्यकारी अधिकृत दाहाल बैंकरहरु बीच एक सफल रणनैतिककार, दुरदर्शी, लगनशील, मिहेनती व्यक्तिका रूपमा परिचित छन् । उनको लामो अनुभवले बैंकलाई थप उचाइ प्रदान गर्ने बैंकद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ्ग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको पनि बैंकले जनाएको छ ।

 

वि.सं.२०७६ वैशाख १८ बुधवार १६:१० मा प्रकाशित

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक भित्रिए

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...

पालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

पालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

नारच्याङ (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी...

सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंकमा ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट हुने...

चित्रकलामार्फत थारु संस्कृतिलाई संरक्षण गर्दै मित्थु

चित्रकलामार्फत थारु संस्कृतिलाई संरक्षण गर्दै मित्थु

  जानकी (बाँके) । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली...