
१९ बैशाख, काठमाण्डौं । सेल्फी लिने क्रममा ३ युवाले ज्यान गुमाएका छन् ।
भारतको हरियाणाको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदा दुई जना १९ वर्षीय र एक १८ वर्षीय युवाको ज्यान गएको हो ।
वैवाहिक कार्यक्रमका लागि आएका उनीहरुले रेलको लिगको छेउमा बसेर सेल्फी लिएका थिए । सोहिबेला रेलले उनीहरु तीनैजनालाई कुच्चिएको त्यहाँको प्रहरीले जनाएको छ । भारतमा पछिल्लो पटक रेलमार्गमा उभिएर सेल्फी लिने क्रममा धेरैको ज्यान जाने गरेको प्रहरीले जनाएको छ ।
पछिल्लोपटक जस्तो ठाउँमा पनि पुगेर सेल्फी लिने चलनले धेरै युवाहरुकले ज्यान गुमाउनु परेको छ । अखिल भारतीय आयुर्विज्ञान संस्थाले गरेको एक अध्ययनमा २०११ देखि २०१७ सम्म सेल्फीकै कारण विश्वभरी २५९ जनाले ज्यान गुमाएका थिए । ऐजेन्सी
वि.सं.२०७६ वैशाख १९ बिहीवार ०८:१८ मा प्रकाशित