
१९ बैशाख, काठमाडौं । बंगालको खाडीमा आएको चक्रवात ‘फानी’ ले नेपालमा पनि प्रभाव पार्ने बताईएको छ ।
बंगालको मध्य पश्चिमी भागमा रहेको उक्त चक्रवात विस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारबाट यो प्रणाली ओडिसाको तटीय क्षेत्रमा भित्रिने संभावना देखिएकोले यसले नेपाललाई पनि प्रभाव पार्ने बताइएको छ ।
उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोली (शुक्रबार) र पर्सि (शनिबार) मौसम केहि प्रभावित भइ मेघ गर्जन र चट्टयांग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको विभागले जनाएको छ ।
त्यस्तै हिमाली भू–भागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ । साथै देशको पश्चिमी क्षेत्रमा भोली (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ ।
आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको पनि विभागले जनाएको छ ।
वि.सं.२०७६ वैशाख १९ बिहीवार १३:५९ मा प्रकाशित