back
CTIZAN AD

शुक्रबार र शनिबारको चक्रवात ‘फानी’ ले नेपाल पनि प्रभावित हुने

वि.सं.२०७६ वैशाख १९ बिहीवार

1K 

shares

१९ बैशाख, काठमाडौं । बंगालको खाडीमा आएको चक्रवात ‘फानी’ ले नेपालमा पनि प्रभाव पार्ने बताईएको छ ।

बंगालको मध्य पश्चिमी भागमा रहेको उक्त चक्रवात विस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारबाट यो प्रणाली ओडिसाको तटीय क्षेत्रमा भित्रिने संभावना देखिएकोले यसले नेपाललाई पनि प्रभाव पार्ने बताइएको छ ।

उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोली (शुक्रबार) र पर्सि (शनिबार) मौसम केहि प्रभावित भइ मेघ गर्जन र चट्टयांग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको विभागले जनाएको छ ।

त्यस्तै हिमाली भू–भागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ । साथै देशको पश्चिमी क्षेत्रमा भोली (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ ।

आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको पनि विभागले जनाएको छ ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार १३:५९ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...