back
CTIZAN AD

झन पेचिलो बनाइदै बालुवाटार प्रकरण, नेकपाकै नेताको गंभिर प्रश्न

वि.सं.२०७६ वैशाख १९ बिहीवार

660 

shares

१९ बैशाख, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुर्य थापाले बालुवाटार जग्गा प्रकरणका सम्बन्धमा ५७० मिटर बाटो किन, कसका लागी र कुन बाध्यताले खोलीएको भन्दै गंभीर प्रश्न गरेका छन ।

सामाजिक संजाल फेसबुक मार्फत बिहीबार सार्वजनिक उनको अभिब्यक्तिमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ चैत १९ र २०६७ वैशाख ३१ गते गरेका दुई निर्णय राखिएको छ भने ५७० मिटर बाटो किन र कसका लागि कुन बाध्यताले खोल्नुपरेको थियो ? यी प्रश्नहरू अनुत्तरित नै छन भनिएको छ ।

नेता थापाका अनुसार २०६६ चैत १९ को निर्णयसम्बन्धी प्रस्ताव पेश गर्नुपर्ने कारणबारे भौतिक योजना तथा निर्माण मन्त्रालयका दीप बस्न्यातको सिफारिस यस्तो रहेको छ ‘ विभिन्न मितिमा सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालज्यूको कार्यकक्षमा भएका छलफल र निर्देशन समेतका आधारमा मालपोत कार्यालय, नापी कार्यालयसँग समन्वय गरी नापी कार्यालय डिल््लीबजारबाट निर्देशित नक्साबमोजिम नापनक्सामा परिसर विस्तार गरिने क्षेत्र तथा विस्तारपछि उल्लेख भएबमोजिम ८ मिटरको बाटो बनाउने सम्बन्धमा उक्त विस्तारित क्षेत्रको बाटोमा पर्ने जग्गाका मोहीहरूसंग विभिन्न चरणहरूमा छलफल गरी निजहरुबाट २०६६ चैत ५ मा प्राप्त गरेको सहमति र सम्माननीय प्रधानमन्त्रीज्यूबाट मिति २०६६ फागुन २७ मा भएको निर्देशनका आधारमा देहायबमोजिम नेपाल सरकार मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेश गर्ने भनी माननीय उपप्रधानमन्त्री विजय गच्छदारज्यूबाट स्वीकृति प्राप्त भएकोले नेपाल सरकार कार्य सम्पादन नियमावली २०६४ को अनुसूची १ को ४२ बमोजिम यो प्रस्ताव पेश गरिएको छ ।

यस लगतै सो सम्बन्धमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा समरजंग कम्पनीको नाममा दर्ता भई मोही लागेको जग्गा २७-७-२-१ मध्ये मोहीले पाउने आधा हक १३-११-३-०.५ बाटो र राजकुलोको क्षेत्रफल ०-१५-०-२ कट्टा गरी बाँकी रहने जग्गा रोपनी १४-१०-३-२.५ मा प्रधानमन्त्री निवास क्षेत्र बिस्तार गर्ने, मोहीलाई जग्गा सोधभर्ना दिने, ५७० मिटरको बाटो बिस्तार गर्ने र बाटो बिस्तारमा परेको जग्गा रोपनी ८-१४-३-० को जग्गा सट्टाभर्ना नपाउने भनिएको छ ।

यसैगरी उनले भूमि व्यवस्था मन्त्रालयको तर्फबाट छविराज पन्तको प्रस्तावमा २०६७ वैशाख ३१ गते मन्त्रिपरिषदले गरेको निर्णय भन्दै लेखेका छन ‘व्यक्तिको नाममा भएको जग्गा प्रधानमन्त्री निवासको क्षेत्र बिस्तार गर्ने क्रममा नेपाल सरकारको नाममा दाखा दर्ता गर्ने , निवासको कम्पाउन्ड बाहिर परेका मोहीहरूको हकमा मोहियानी बापत पाउने आधा जग्गा मोहीका नाममा दाखा दर्ता गर्ने र कम्पाउन्ड भित्र परेका मोहीलाई पनि मोही बापत पाउने आधा जग्गा कम्पाउन्ड बाहिर सट्टाभर्ना दिने ।’ कुरो उल्लेख गरेका छन ।

यो बिषयमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरीष्ठ नेता माधवकुमार नेपालले अमेरीका उडनुअघि गौचरन एअरपोटृमा बोलेका कुरा ‘बालुवाटारमा विष्णु पौडेलले जग्गा किनेको कुरा मलाई भन्नुभएको थिएन र मलाई त्यसबारेमा थाहा थिएन ,प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय मेरो हो र विष्णु पौडेलको कुनै भूमिका छैन, यसबारे उहॉसँग कुनै कुरा भएको थिएन, प्रम निवास विस्तारका क्रममा कुनै अनियमितता भएको छ भने छानविन होस र दोषीमाथि कारबाही होस ’ भन्दै बालुवाटार प्रकरण पेचिलो बनेको बताएका छन ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार १३:४८ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...