
पाल्पा जिल्ला समाज युकेको अध्यक्षमा बाचस्पति रेग्मी निर्वाचित भएका छन् ।
अल्डरसर्टस्थित द प्यालेसमा अप्रिल २७ मा सम्पन्न समाजको अधिबशेनले रेग्मीको अध्यक्षतामा पाँचौ कार्यसमिति सर्वसम्मत गरेको बताइएको छ ।
उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षद्धयमा गोपाल थापा, उपाध्यक्षमा लक्ष्मी आले, महासचिवमा खुम कुँवर, सचिवमा बुद्धि गाहा, कोषाध्यक्षमा दल थापा र सहकोषाध्यक्षमा पूर्ण नेपाली निर्वाचित भएका हुन् ।
ऋषि रामा राना संयोजक, नेत्र थापा बराल र निधिराज थापा सहसंयोजक रहेका निर्वाचन मण्डलले निर्वाचित गरेको उक्त कार्यसमितिको सदस्यहरुमा झमान सिंह बाह्रघरे अल्डरसट, पदम पचभैया स्वीण्डन, अमर थापा अक्सफोर्ड, पदम थापा मेडस्टोन, गोविन्द राना प्लमस्टिड, लक्ष्मण घिमीरे स्याण्डहरुट, नेत्र राना रेडिङ, दल थापा क्याटरिका र कृष्ण थापा फार्नबरो रहेका छन् ।

नेपाल प्रहरीका अवकास प्राप्त डिएसपी समेत रहेका अध्यक्ष रेग्मीले बेलायतमा रहेका नेपाली संघ संस्थाहरुसँग सहकार्य गर्दै पाल्पालीहरुको मात्र नभएर सम्पूर्ण बेलायतबासीको हितमा काम गर्ने संसारन्युजलाई बताए ।
विशेषत बेलायतमा रहेका पाल्पालीहरुको हितका लागि सन् २००८ मा स्थापना गरिएको पाल्पाली समाजले निरन्तर रुपमा सामाजिक क्षेत्रमा विविध कामहरु गर्दै आएको पनि रेग्मीले जानकारी दिए ।
वि.सं.२०७६ वैशाख २० शुक्रवार ०९:४४ मा प्रकाशित






























