२३ बैशाख, सिरहा । पतिका तर्फबाट अदालतमा सम्बन्धबिच्छेदको मुद्दा चलिरहँदा सिरहा लान नगरपालिका–५ मा जातीय अगुवाले एक महिलालाई १५ लाख ५१ हजार रुपैयाँ लिएर अलग हुन दबाब दिएका छन् ।
ती महिलालाई सम्बन्धविच्छेद गरउन दबाब दिनेमा सप्तरी सुरंगा नगरपालिका १० का वडाअध्यक्ष छुतहरु मुखिया (सहनी) र सहनी समाजका १४ गाउँका मान्यजन र अगुवा छन् ।
शनिबार भेला भएका अगुवाहरुले दीपककी पत्नी ममता सहनीलाई रकम लएर सम्बन्ध विच्छेद गर्न दबाब दिएका हुन् । ममता पतीसँगै बस्न चाहन्छिन् । तर, पत्नीको चरित्र ठिक नरहेको भन्दै दीपक सम्बन्धविच्छेदको अडानमा छन् ।
ममताका ३ वर्षीया सन्ध्या र ६ महिनेृ शृंखला दुई छोरी छन् । शनिबार भेला भएका अगुवा छलफलमा दीपकले पत्नीलाई रकम दिन पाँच्दिनको समय मागेका छन् । सोमबारको अन्नपूर्णपोस्ट दैनिकमा सिरहाबाट शम्भु यादवले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख २३ सोमवार ०७:४६ मा प्रकाशित