२३ बैशाख, काठमाण्डौं । सकरारले बालुवाटारको अतिक्रमित जग्गा दर्ता खारेज गर्ने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले व्यक्तिका नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजी प्रक्रिया थालिएको बताएकी छन् ।
‘४५० कित्ता जग्गा रोक्का गरिसकिएको छ,’ उनले भनिन्, ‘अब खारेजी प्रक्रिया छ । १५ दिन कित्ता पत्ता लगाउन लाग्यो । छानविनका लागि सोमबारसम्म म्याद दिएको छु । १७÷१८ कित्ता अझै पत्ता ललगाउन बाँकी छ । ती जग्गाको दर्ता खारेज गरेर सरकारको नाममा ल्याइन्छ ।’
ललिता निवासको २८४ रोपनीमध्ये ११३ रोपनी जग्गा विभिन्न व्यक्तिले कब्जा गरेको सम्बन्धमा पूर्वसचिव शारदाप्रसाद त्रितालको प्रतिवेदन आएपछि सरकार एक्सनमा आएको हो । सोमबारको अन्नपूर्णपोस्ट दैनिकबाट
वि.सं.२०७६ वैशाख २३ सोमवार ०७:५५ मा प्रकाशित