
२३ बैशाख, काठमाण्डौं । ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् ।
सम्पूर्ण खर्च रोजगार दाताले व्यर्होने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार ओमान जाने कामदारले शेवा शुल्कलगायत कुनै पनि तिनुपर्ने छैन ।
भिसा, शुल्क, टिकट, बिमा, स्वास्थ्य परीक्षण खर्च रोजगारदाताले नै व्यहोर्नेछन् । सोमबारको अन्नपूर्णपोस्ट दैनिकबाट
वि.सं.२०७६ वैशाख २३ सोमवार ०८:०२ मा प्रकाशित