back
CTIZAN AD

कतार नेपाली एकता समाजले १३० औं अन्र्तराष्ट्रिय मजदूर दिवस मनायो

वि.सं.२०७६ वैशाख २३ सोमवार

732 

shares

कतार । कतार नेपाली एकता समाजले १३० औं अन्र्तराष्ट्रिय मजदूर दिवस मनाएको छ ।
मई ३ मा समाजको केन्द्रिय समितिद्धारा आयोजना गरिएको १३० औं अन्र्तराष्ट्रिय मजदूर दिवस भव्यरुपमा मनाइएको हो ।

कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवाको अध्यक्षता, अन्र्तराष्ट्रिय नेपाली एकता समाजका सदस्य लुमाकान्तपुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष धन बहादुर परियार, द्धितीय उपाध्यक्ष अमिना खान, सचिव विष्णु थापा, केन्द्रिय सदस्य जानुका बस्नेत (खड्का) बुद्धिजीवी विभागका कमल आचार्य, रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष बलदेव राना, राष्ट्रिय परिषद सदस्य रोजिना बास्तोला, सनैया डी एरिया समितीका अध्यक्ष थम्मन पुन, सहलीया एरिया समितीका अध्यक्ष टिकाराम वर्तौला, सहानीया एरिया समितीका अध्यक्ष प्रिजल राई, दोहा एरिया समितिका सदस्य तेजनारायण शर्मा, हाँक साप्ताहिक पत्रकार उद्धव मगरको उपस्थिती रहेको थियो ।

कतार नेपाली एकता समाजका महासचिव खिम बूढा मगरको सञ्चालनमा रहेको उक्त कार्यक्रममा सदस्य लक्षमण कोईरालाको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा संसारभरी छरिएर रहेका मजदूरहरुको हक र अधिकार प्राप्तीको लागि निरन्तर अगाडी लड्दै जाँदा आहुती दिएका ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनट मौनधारण गर्दै रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए ।

त्यस्तै अतिथीहरु धन बहादुर परियार, अमिना खान, बलदेव राना, कमल आचार्य, जानुका बस्नेत (खड्का) रोजीना बास्तोला, टिकाराम वर्तौला, प्रिजिल राई, तेजनारायण शर्मा, थम्मन पुनले मजदुर दिवसको शुभकामना मन्तव्य राखेका थिए ।

सोहि अवसरमा प्रमुख अतिथी लुमाकान्त पुनले आफ्नो अधिकार प्राप्तीका लागी फुटेर होईन आमाी एकआपसमा जुटेर एक भएर अगाडी बढे मात्रै मजदूरहरुले पाउनु पर्ने अधिकार हासिल गर्न सकिने बताउँदैं संसारभर रहेका शोषित पिडीत मजदूरहरु एक हुनु भन्दा अरु विकल्प नरहेको बताए ।

त्यस्तै कार्यक्रमका अध्यक्ष अध्यक्ष हेमन्त वाईवाले आजैको दिन मजदूरहरुको उपलब्धीका दिन भएको र अझै कैयौं अधिकार मजदूरहरुको प्राप्त नभई सकेकोलसबै एकजुट हुनुपर्ने बताए ।

उनले नेपालमा चलीरहेको नागरिकता विधेयक जो गलत रहेको र भारतीयलाई नागरिकता बाडिएको भन्दै आपत्ति जनाएका थिए । उनले कतार नेपाली एकता समाजले यस राष्ट्रघाती नागरिकता विधेयक रोक्नको लागी आम जनतालाइृ आहव गर्दै नेपाल लगायत विभिन्न देशहरुमा एकता समाजद्धारा नेपाली दाजुभाई तथा दिदी बहिनीबाट एक महिने हस्ताक्षर कार्यक्रम सञ्चालन गर्ने बताए । साथै संकलीत हस्ताक्षर डाटा फाईल नेपाल सरकारलाई नेपाल एम्बेसी कतारबाट ज्ञापनपत्र बुझाउने घोषणा गरेका थिए ।

वि.सं.२०७६ वैशाख २३ सोमवार १०:०३ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...