back

कतार नेपाली एकता समाजले १३० औं अन्र्तराष्ट्रिय मजदूर दिवस मनायो

वि.सं.२०७६ वैशाख २३ सोमवार

42 

shares

कतार । कतार नेपाली एकता समाजले १३० औं अन्र्तराष्ट्रिय मजदूर दिवस मनाएको छ ।
मई ३ मा समाजको केन्द्रिय समितिद्धारा आयोजना गरिएको १३० औं अन्र्तराष्ट्रिय मजदूर दिवस भव्यरुपमा मनाइएको हो ।

कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवाको अध्यक्षता, अन्र्तराष्ट्रिय नेपाली एकता समाजका सदस्य लुमाकान्तपुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष धन बहादुर परियार, द्धितीय उपाध्यक्ष अमिना खान, सचिव विष्णु थापा, केन्द्रिय सदस्य जानुका बस्नेत (खड्का) बुद्धिजीवी विभागका कमल आचार्य, रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष बलदेव राना, राष्ट्रिय परिषद सदस्य रोजिना बास्तोला, सनैया डी एरिया समितीका अध्यक्ष थम्मन पुन, सहलीया एरिया समितीका अध्यक्ष टिकाराम वर्तौला, सहानीया एरिया समितीका अध्यक्ष प्रिजल राई, दोहा एरिया समितिका सदस्य तेजनारायण शर्मा, हाँक साप्ताहिक पत्रकार उद्धव मगरको उपस्थिती रहेको थियो ।

कतार नेपाली एकता समाजका महासचिव खिम बूढा मगरको सञ्चालनमा रहेको उक्त कार्यक्रममा सदस्य लक्षमण कोईरालाको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा संसारभरी छरिएर रहेका मजदूरहरुको हक र अधिकार प्राप्तीको लागि निरन्तर अगाडी लड्दै जाँदा आहुती दिएका ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनट मौनधारण गर्दै रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए ।

त्यस्तै अतिथीहरु धन बहादुर परियार, अमिना खान, बलदेव राना, कमल आचार्य, जानुका बस्नेत (खड्का) रोजीना बास्तोला, टिकाराम वर्तौला, प्रिजिल राई, तेजनारायण शर्मा, थम्मन पुनले मजदुर दिवसको शुभकामना मन्तव्य राखेका थिए ।

सोहि अवसरमा प्रमुख अतिथी लुमाकान्त पुनले आफ्नो अधिकार प्राप्तीका लागी फुटेर होईन आमाी एकआपसमा जुटेर एक भएर अगाडी बढे मात्रै मजदूरहरुले पाउनु पर्ने अधिकार हासिल गर्न सकिने बताउँदैं संसारभर रहेका शोषित पिडीत मजदूरहरु एक हुनु भन्दा अरु विकल्प नरहेको बताए ।

त्यस्तै कार्यक्रमका अध्यक्ष अध्यक्ष हेमन्त वाईवाले आजैको दिन मजदूरहरुको उपलब्धीका दिन भएको र अझै कैयौं अधिकार मजदूरहरुको प्राप्त नभई सकेकोलसबै एकजुट हुनुपर्ने बताए ।

उनले नेपालमा चलीरहेको नागरिकता विधेयक जो गलत रहेको र भारतीयलाई नागरिकता बाडिएको भन्दै आपत्ति जनाएका थिए । उनले कतार नेपाली एकता समाजले यस राष्ट्रघाती नागरिकता विधेयक रोक्नको लागी आम जनतालाइृ आहव गर्दै नेपाल लगायत विभिन्न देशहरुमा एकता समाजद्धारा नेपाली दाजुभाई तथा दिदी बहिनीबाट एक महिने हस्ताक्षर कार्यक्रम सञ्चालन गर्ने बताए । साथै संकलीत हस्ताक्षर डाटा फाईल नेपाल सरकारलाई नेपाल एम्बेसी कतारबाट ज्ञापनपत्र बुझाउने घोषणा गरेका थिए ।

वि.सं.२०७६ वैशाख २३ सोमवार १०:०३ मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...