back
CTIZAN AD

रेडक्रस अदालत जाने

वि.सं.२०७६ वैशाख २३ सोमवार

702 

shares

२२ वैशाख । नेपाल रेडक्रस सोसाइटीले आफ्नो महाधिवेशन प्रक्रिया रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनात्मक पत्र संस्थाको हित र प्रचलित कानून अनुकूल नभएको भन्दै कानूनी उपचारका लागि अदालत जाने निर्णय गरेको छ ।

रेडक्रसको महाधिवेशन आजदेखि यही वैशाख २५ गतेसम्म सुनसरीमा आह्वान गरिएको र महाधिवेशनका लागि देशभरका रेडक्रसकर्मीहरू धरान आइसकेका रेडक्रसको सञ्चार विभागका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार बेलुकी ५ बजे साधारणसभा तथा निर्वाचन कार्यक्रम स्थगित गर्न रेडक्रसका नाममा निर्देशनात्मक पत्र पठाएको थियो । महाधिवेशनका लागि धरानमा जम्मा भइसकेका रेडक्रस केन्द्रीय कार्यसमितिका ३१ मध्ये ३० पदाधिकारी र सदस्यहरूको बैठकले गम्भीर छलफल गरी उक्त पत्रका विरुद्ध कानूनी उपचारका लागि अदालत जाने निर्णय गरेको उनले बताए ।

महाधिवेशनका प्रतिनिधिको दर्तालगायत महाधिवेशनको सम्पूर्ण तयारी भइसकेको र निर्वाचनको समेत तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आकस्मिक रूपमा सोही दिनको मितिको पत्र आइपुगी सबै प्रक्रिया स्थगित गर्नुपर्दा देशभरका रेडक्रसकर्मी मर्माहित भएका रेडक्रसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“संस्थालाई जीवन्त राख्न, नयाँ नेतृत्व चयन गर्न र विगत ५६ वर्षदेखि सञ्चालित रेडक्रसका मानवीय सेवालाई अझ उचाइमा लैजान बल पु¥याउने वैधानिक महाधिवेशन हठात रोकिनु आश्चर्यजनक छ, संस्थाको महत्वपूर्ण महाधिवेशन र निर्वाचन स्थगित गर्नका लागि निर्देशन जारी भएकाले संस्थाले अन्याय भएको महसुस गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

रेडक्रसले वार्षिक २५ लाख मानिसलाई सेवा पु¥याइरहेको, समुदायमा भिजेर मानवीय सेवामा अहोरात्र सेवा दिइरहेको र विश्वमा एउटा सफल उदारणीय काम गरिआएको प्रतिबद्ध समाजसेवी संस्थाका रुपमा रहेको उल्लेख गर्दै उक्त पत्रले मर्माहत भई कार्यसमितिले यी निर्णय गर्न बाध्य भएको जनाएको छ ।

वि.सं.२०७६ वैशाख २३ सोमवार २०:०२ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...