
नेपाली साझा मंचले नेपाली दुतावास साउदी अरेबियाका नियोग उपप्रमुख आनन्द प्रसादशर्माको विदाई समारोह भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्यो । आफ्नो ४ साल कार्यकाल पूरा गरि नेपाल फर्कने क्रममा नेपाली साझा मंच संस्था साउदी अरेबियाले एक कार्यक्रम गरी उनको विदाई गरेको हो ।
उक्त कार्यक्रममा संस्थाका संयोजक बिष्णु घिमिरेले उपप्रमुख शर्माले श्रमिकसंग खेलेका भूमिका र राजदुतावासमा गरेका कार्यको प्रशंसा गरे । उनले मंचले राजदुतावाससँगँ मिलेर सदैव सहकार्य गरि पिडीतहरुलाई सक्दो सहयोग गरिएको बताए ।
कार्यक्रममा संस्थाका रियाद क्षेत्रीय संयोजक विपुल ढुङाना, आर्थिक संयोजक दिलीप कुमार घिमिरे, अल खर्च संयोजक नवराज थापा लगायत अभियान्ताहरुको उपस्थित रहेको थियो । भौगोलिक रुपमा टाढा रहेका उप संयोजक, क्षेत्रीय संयोजक ुसक्रिय अभियान्ताहरुले शुभकामना संन्देश पठाएका थिए ।
विदाईको क्रममा नियोग उपप्रमुखलाई दोसल्ला ओडाई सम्मान पत्र र सम्मान चिनो समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा नियोग उपप्रमुख आनन्दप्रसाद शर्माले आफुले पाएको यस्तो सम्मानले अझै थप जिम्मेवारी बढेको र स्मरणीय क्षण रहेको जानकारी गराए । कार्यक्रममा महामहिम राजदुत डा, महेन्द्र प्रसाद राजपूत ज्युले यो विदाई कार्यक्रम ऐतिहासिक रहेको र आज भन्दा पहिले यसरी कहिले पनि विदाई समारोह नभएको जानकारी दिए ।
वक्ताहरुले साउदी अरेबिया रियाद सहरमा १३ वटा संस्थाहरू मिलेर भव्य कार्यक्रमको आयोजाना गरी विदाई गर्न पाउँदा खुशी व्यक्त गर्दै आयोजक संयोजक अमृत पौडेललाई हार्दिक धन्यवाद व्यक्त गर्दै आवद्ध संस्थाहरूप्रती हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमा अतिथि विभिन्न संघसंस्थाका प्रतिनिधिहरु आफ्नो धारणा राख्दै नियोग उपप्रमुख कार्यशैलीलाई हार्दिक वधाई तथा नेपालको वसाई सुखमय रहोस भनि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा कार्यक्रम सभापति अमृत पौडेलले यसरी सम्पूर्ण संस्थाहरू आवद्ध भई सहकार्य गर्न पाउँदा गर्भ महशुस भएको र सबै संस्थाहरूलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रमलाई सहकार्य गरि विदाई समारोह भव्य रूपमा सम्पन्न गर्न पारिवारिक समाज, नेपाली साझा मंच, सिर्जना साँस्कृतिक समूह, नेपाली श्रमिक परिवार,मिथिला एकता समाज,युवा सेवा समाज, एत् लभधक, यलभतष्mभ त्ख्, ल्ँन्, सहयोगी नेपाली एकता, अनेसास, स्याङ्जा सहयोग समाज, साहित्य चौतारी नेपाल रहेका थिए ।
नेपाली साझा मंचका सपरिवारको तर्फबाट नियोग उपप्रमुख आनन्द प्रसाद शर्माको कार्यकालमा गरेको कार्यको उच्च मूल्यांकन गदै नेपालको वसाई सपरिवारको सुखमय रहोस हार्दिक शुभकामना व्यक्त गरिएको संयोजक घिमिरेले बताए ।
उक्त कार्यक्रममा संस्थालाई सहयोग गर्ने सामाजिक व्यक्तित्वलाई सम्मान प्रत्र समेत हस्तान्तरण गरिएको थियो ।
वि.सं.२०७६ वैशाख २५ बुधवार ०७:५० मा प्रकाशित






























