
२५ बैशाख, झापा । मुलुकमा चिया उद्योग र बगाना कार्यरत मजदुर ३८ दिनदेखि आन्दोलनमा उत्रिएका कारण करिब १ लाख ५० हजार मजदुर भोकै परेका छन् । ८० करोड रुपैयाँको चियाको हरियो पत्ती बगानमै काम नलाग्ने अवस्थामा पुेगको छ ।
सरकारले निर्धारण गरेको न्यूनतम दैनिक ३ सय ८५ रुपैयाँ र सामाजिक सुरक्षाकोष मजदुरलाई दिन नसक्ने चिया उत्पादकले जनाएपछि मुलुकभर स्थायी ५० हजाररसहित मौसमी १ लाख ५० हजार मजदुर चियाको हरियो पत्ती टिप्न छोडेर सडकमा छन् ।
बगान, उद्योग घेराउ र धर्ना जुलुस गर्दैआएका मजदूरले मंगलबार पूर्वपश्चिम महेन्द्र हाईवे नै अवरुद्ध हुने गरी सडकमै सुतेर विरोध जनाएका हुन् । बुधबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ वैशाख २५ बुधवार ०८:०० मा प्रकाशित