Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

टर्कीमा राष्ट्रपतीय प्रणाली हुनेमा प्रधानमन्त्रीको विश्वास



२७ कात्तिक, अङ्कारा (टर्की) । टर्कीका प्रधानमन्त्री विनाली यिल्दिरिमले आफ्नो मुलुकमा राष्ट्रपतीय शासन प्रणालीलाई मान्ने गरी संवैधानिक सुधार गर्न राष्ट्रवादी दलहरूको समर्थन रहनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री यिल्दिरिमको यो प्रतिक्रिया उहाँले टर्कीको नेसनलिस्ट मुभमेन्ट पार्टीका नेतासँग भेट गरेको एक दिनपछि आएको र उक्त दलले राष्ट्रपतीय प्रणालीको व्यवस्था हुने गरी ल्याइने प्रस्तावमा समर्थन गर्ने धारणा व्यक्त गर्नुभएको हो ।

वर्तमान राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई आलङकारिक राष्ट्रपतिबाट कार्यकारी राष्ट्रपति बनाउने प्रयासस्वरूप प्रधानमन्त्रीले नेसनलिस्ट मुभमेन्ट पार्टीका नेतालाई भेट गर्नुभएको हो ।

अहिलेसम्म टर्कीको प्रतिपक्षी दल नेसनलिस्ट मुभमेन्ट पार्टीले एर्डोगानलाई थप शक्तिशाली बनाउने गरी राष्ट्रपतीय शासन प्रणालीलाई संविधानतः व्यवस्था गर्न असहमति जनाउँदै आएको छ । “ईश्वरले नेसनल मुभमेन्ट पार्टीसँग राष्ट्रपतीय प्रणालीमा जान इच्छा प्रकट गर्नुभएको र उक्त पार्टीको समर्थनमा कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनेछ,” यिल्दिरिमले बताउनुभयो ।

नेसनलिस्ट पार्टीका उच्च अधिकारीले यही अप्रिलमा संवैधानिक परिवर्तनका लागि संसदमा छलफल गरिनुपर्ने र जनमतसङ्ग्रहमार्फत यस विषयमा निर्णय लिइनुपर्ने बताएका थिए । एपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले