back
CTIZAN AD

मर्केलद्वारा ट्रम्पलाई टेलिफोनबाट बधाई

वि.सं.२०७३ कात्तिक २७ शनिवार

951 

shares

२७ कात्तिक, लन्डन (बेलायत) । जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई बिहीबार फोन गरी बधाई ज्ञापन गर्नुभएको मर्केलका प्रवक्ताले शुक्रबार बताउनुभयो ।

बर्लिनमा प्रवक्ता जर्ज स्ट्रेइटरले सञ्चारकर्मीलाई मर्केल र ट्रम्पबीचको वार्ताबारे बताउँदै मर्केलले फोनमार्फत अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित रिपब्लिकन नेता ट्रम्पलाई दुई देशबीच समान मूल्यमान्यता रहेको मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको बताउनुभयो ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको विजयपश्चात नै मर्केलले जर्मनीमा बोल्नुहुँदै अमेरिकी प्रशासनसँग प्रजातन्त्र, स्वतन्त्रता, कानुन तथा मानवजातिप्रति सम्मान राख्ने समान धारणा रहने बताउनुभएको थियो ।

मर्केलले दुई देशले प्रजातन्त्र र स्वतन्त्रताका विषयमा उत्पत्ति, रङ्ग, धर्म, लिङ्ग, लैङ्गिक स्थिति र राजनीतिक आस्थाका आधारमा कसैलाई भेदभाव नगर्ने प्रजातान्त्रिक समानता रहेको उक्त अवसरमा बताउनु भए पनि बिहीबार फोन गरी बधाई ज्ञापन गर्नुभएको हो । एपी

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०४:३२ मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...