Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

मर्केलद्वारा ट्रम्पलाई टेलिफोनबाट बधाई



२७ कात्तिक, लन्डन (बेलायत) । जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई बिहीबार फोन गरी बधाई ज्ञापन गर्नुभएको मर्केलका प्रवक्ताले शुक्रबार बताउनुभयो ।

बर्लिनमा प्रवक्ता जर्ज स्ट्रेइटरले सञ्चारकर्मीलाई मर्केल र ट्रम्पबीचको वार्ताबारे बताउँदै मर्केलले फोनमार्फत अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित रिपब्लिकन नेता ट्रम्पलाई दुई देशबीच समान मूल्यमान्यता रहेको मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको बताउनुभयो ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको विजयपश्चात नै मर्केलले जर्मनीमा बोल्नुहुँदै अमेरिकी प्रशासनसँग प्रजातन्त्र, स्वतन्त्रता, कानुन तथा मानवजातिप्रति सम्मान राख्ने समान धारणा रहने बताउनुभएको थियो ।

मर्केलले दुई देशले प्रजातन्त्र र स्वतन्त्रताका विषयमा उत्पत्ति, रङ्ग, धर्म, लिङ्ग, लैङ्गिक स्थिति र राजनीतिक आस्थाका आधारमा कसैलाई भेदभाव नगर्ने प्रजातान्त्रिक समानता रहेको उक्त अवसरमा बताउनु भए पनि बिहीबार फोन गरी बधाई ज्ञापन गर्नुभएको हो । एपी


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब