२६ बैशाख, काठमाण्डौं । बालुवाटार स्थित ललिता निवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् ।
भूमाफिया र व्यापारीको योजना अनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुने गरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि नेपाली राजदूत समेत रहेका पौडेल पनि मुछिएका हुन् ।
सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपूर्जा दिने सम्बन्धी निर्णयमा तत्कालिन मुख्यसचिव पौडेलको समेत संलग्नता पाइएको छ । विहिबारको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख २६ बिहीवार ०७:११ मा प्रकाशित