२६ बैशाख, काठमाण्डौं । भत्तपुर नगरकोटको १३१ रोपनी जग्गा भक्तपुरको जिल्ला अदालतको फैसलाले राणा परिवारको नाममा दर्ता हुने भएको छ ।
न्यायाधिश श्रीप्रकाश उप्रेतीको इजलासले गत फागुन २१ मा भएको मालपोत कार्यालय भक्तपुरको निर्णय बदर गरी सो जग्गा राणा परिवारको नाममा कायम गरिदिएको हो ।
मालपोत कार्यालयले सरकारका नाममा दर्ता गराएको एकसय ३१ रोपनी जग्गा भक्तपुर जिल्ला अदालतले उल्ट्याई दिवाकर राणाको नाममा कायम हुने गरी फैसला गरिदिएको हो । सो फैसलाको पूर्ण पाठ आएपछि कार्यान्वयनको प्रक्रियामा जानेछ । विहिबारको नागरिक दैनिकमा अनन्तराज लुईँटेलले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख २६ बिहीवार ०७:०५ मा प्रकाशित






























