back
CTIZAN AD

सरकारको स्वरूपबारे छिट्टै निर्णय लिइने : ट्रम्प

वि.सं.२०७३ कात्तिक २७ शनिवार

756 

shares

donald-trump

२७ कात्तिक, वासिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपतिमा हालैमात्र निर्वाचित डोनाल्ड ट्रम्पले आफूले ‘भेट्रान्स डे’ बिदालाई नयाँ सरकारको स्वरूप निर्माण गर्न प्रयोग गर्ने बताउँदै शुक्रबार आफ्नो सरकारमा सहभागी सदस्यहरूको छिट्टै टुङ्गो लगाउने बताउनुभएको छ ।

न्युर्योर्कमा आगामी कार्ययोजनाबारे व्यस्तताकाबीच छलफल भएको खुलासा गर्दै आफ्नो ट्वीटमार्फट अब छिट्टै आगामी सरकारमा कस्ता सदस्यले आफूलाई सहयोग गर्ने छन् भन्ने विषयमा सार्वजनिक गरिने बताउनुभएको छ ।

मङ्गलबार डेमोक्रेट पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेपछि निकै व्यस्त बन्नुभएका उहाँले आफूले छिट्टै नयाँ सरकारमा ल्याइने सदस्यबारे महत्वपूर्ण निर्णय लिन लागेको बताउनुभएको हो ।

ट्रम्पसँग १५ सदस्यीय मन्त्रिपरिषद्को निर्माण गर्न अझै ७० दिन बाँकी छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले सन् २०१७ को राष्ट्रपतिका रूपमा सपथ लिनु हुनेछ ।

वर्तमान राष्ट्रपति बाराक ओबामाले आफूले शान्तिपूर्ण तथा सहजरूपमा सत्ता हस्तान्तरण गर्ने विषय आफ्नो केही प्राथमिकता मध्ये एक भएको भन्दै शान्पिूर्ण सत्ता हस्तान्तरणका लागि आफू आतुर रहने बताउँदै आउनुभएको छ । एएफपी

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०४:३४ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...