back
CTIZAN AD

२५६३ औँ बुद्ध जयन्ती मूल समारोह समिति गठन

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

804 

shares

२७ बैशाख, काठमाण्डौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा २५६३ औँ बुद्ध जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा बौद्ध क्षेत्रका ८० सङ्घ संस्था सदस्य रहेको समिति गठन गरिएको हो । जेठ १ गतेदेखि सप्ताहव्यापी रुपमा बुद्धजयन्ती मनाइने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिए ।

समितिमा बौद्ध तामाङ कल्याण गुठी, बौद्ध सुखदुःख गुठी, बौद्ध सामुदायिक सेवा केन्द्र, बौद्ध सितेरियो कराँते डोजो, बौद्ध फुटबल क्लब, छोरङान महिला समाजलगायत संस्थाको सहभागिता रहेको छ । जेठ १, २ र ३ गते बुद्ध बचन अनुवाद समितिले बौद्ध चैत्य परिसरमा प्रज्ञा पारमिता सूत्र पाठ गर्ने कार्यक्रम छ ।

शान्ति प्राप्तिका लागि प्रज्ञा पारमिता पाठ गर्ने कार्यक्रम राखिएको अनुवाद समितिका सम्पादक सम्पूर्णकुमार लामाले जानकारी दिए । बिर्य पारमिता, ध्यान पारमिता, शान्ति पारमिता र दान पारमितामध्येमा प्रज्ञा पारमिताको महत्व बढिरहेको छ । यसको साधनाले बुद्धत्व प्राप्त गर्न सकिने विश्वास छ ।

जेठ १ गते बिहान बौद्ध परिक्रमापछि अवतारी लामा लोब्साङ नाम्गेल रिम्पोछेको उपस्थितिमा १६ ठेली एवं एक लाख श्लोक सङ्ख्या रहेको प्रज्ञा पारमिता पाठ शुरु हुनेछ । तीन दिनसम्म २५ जना लामाले प्रज्ञा पारमिता पाठ गर्ने कार्यक्रम छ ।

जेठ ३ गते बौद्ध परिसर सरसफाइ, ४ गते बिहान बौद्ध–स्वयम्भू–नमोबुद्धमा शान्ति दौड, ४ गते बिहान बौद्ध स्तुपमा विशेष पूजापाठ, दिउँसो ३ बजेपछि बौद्ध–चावहिल क्षेत्रमा शान्ति ¥याली गरिने जनाइएको छ ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार १४:०८ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...