back
CTIZAN AD

टुंगियो नेकपा एकता यात्रा, जेठ ३ गते घोषणा हुने

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

723 

shares

२७ बैशाख, काठमाण्डौं । गतवर्ष जेठ ३ गते दुई ठूला वामदल एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया करिब अन्तिम चरणमा पुगेको बताइएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भियतनाम भ्रमणमा निस्कनु अघि अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधब कुमार नेपालसँग बसेर एकताका सबै आयाम सम्पन्न गरेको बताइएको छ ।

प्रम ओली विदेश भ्रमणबाट फर्किनासाथ बैठक बसेर पोलिटव्युरो गठन, केन्द्रीय सदस्यहरुको कार्यबिभाजन र वर्गीय संगठनहरुको नेतृत्व छनौट सम्मका सबै काम सम्पन्न गरिने पाटी स्रोतले जनाएको छ । महासचिव विष्णु पौडल निकट स्रोतका अनुसार पोलिटव्युरोमा वरीष्ठता, सक्रियता, भौगोलिक क्षेत्र, जनजाति, महिला र मधेश मिलाएर व्यवस्थापन गरिएको छ ।

स्रोतले बताए अनुसार जेष्ठ ३ गते पार्टी एकता तथा मदन आश्रित स्मृति दिवसको दिन पारेर सबै घोषणा गर्ने तयारी भइरहेको छ ।

एकताको सबै आयामलाई सम्पन्न गर्दै १४७ सदस्यीय पोलिटव्युरो गठन, ४४१ केन्द्य्रीय सदस्यको कार्यविभाजन र १६ वर्गीय संगठनको नेतृत्व चयन सबै जेष्ठ ३ गते घोषणा गर्ने तयारी भइरहेको छ ।

पूर्व एमालेका ५९ जना पोलिटव्युरो रहेकोमा थप २३ जनाले अवसर पाउने भएका छन् । सचिवालयका सबै नेताहरु स्वत : पोलिटव्युरोमा पर्ने छन् । यस्तै स्थायी समिति र विभिन्न आयोगका अध्यक्षहरु पनि पोलिव्युरो सदस्य बन्ने पक्का छ ।

वरिष्ठताको आधारमा प्रदीप नेपाल, अष्ट लक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, महेन्द्र बहादुर पाण्डे, थममाया थापा र गंगालाल तुलाधर पोलिटव्युरोमा पर्ने पक्का छ । यस्तै युवा र सक्रियताको आधारमा भानुभक्त ढकाल, विजय पौडेल, कासीनाथ अधिकारी, कर्ण थापा, जगत विश्वकर्मा पनि पोलिटव्युरोमा पर्ने नेतामा गनिएका छन् । यस्तै राजेन्द्र राई, खिमलाल भट्टराई, ठाकुर गैरे जस्ता अखिलका पूर्वअध्यक्षहरु पनि नयाँ पोलिट व्युरो बन्ने पक्का छ ।

राधा ज्ञवाली, श्रीमाया थकाली, बिन्दा पाण्डे, जयन्ती राई, सुशीला नेपाल र गौरा कोइराला पनि पोलिटव्युरो सदस्य बन्ने स्रोतले बताएको छ ।

यस्तै पूर्वमाओवादीबाट ६२ जना पोलिटव्युरो छानिने छन् । प्राय सबै ९९ सदस्यीय सचिवालयका नेता नेकपाको पोलिटव्युरोमा छानिने बताइएको छ ।

सचिवालय र स्थायी समितिमा रहेको बाहेक पम्फा भुसाल, जयपुरी घर्ति, ओनसरी घर्ति पोलिटव्युरो छानिने पक्का छ । यस्तै मातृका यादव, विश्वनाथ साह र महेश्वर गहतराज पनि पोलिटव्युरोका लागि काबिल नेता मानिएको छ । अमृता थापा, कमला रोका, झक्कु सुवेदी, उर्मिला अर्याल, हित बहादुर तामाङ, हितराज साक्य पनि पोलिटव्युरोमा स्थान सुरक्षित गरी सकेको मानिएको छ ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार १५:५३ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...