back

टुंगियो नेकपा एकता यात्रा, जेठ ३ गते घोषणा हुने

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

33 

shares

२७ बैशाख, काठमाण्डौं । गतवर्ष जेठ ३ गते दुई ठूला वामदल एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया करिब अन्तिम चरणमा पुगेको बताइएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भियतनाम भ्रमणमा निस्कनु अघि अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधब कुमार नेपालसँग बसेर एकताका सबै आयाम सम्पन्न गरेको बताइएको छ ।

प्रम ओली विदेश भ्रमणबाट फर्किनासाथ बैठक बसेर पोलिटव्युरो गठन, केन्द्रीय सदस्यहरुको कार्यबिभाजन र वर्गीय संगठनहरुको नेतृत्व छनौट सम्मका सबै काम सम्पन्न गरिने पाटी स्रोतले जनाएको छ । महासचिव विष्णु पौडल निकट स्रोतका अनुसार पोलिटव्युरोमा वरीष्ठता, सक्रियता, भौगोलिक क्षेत्र, जनजाति, महिला र मधेश मिलाएर व्यवस्थापन गरिएको छ ।

स्रोतले बताए अनुसार जेष्ठ ३ गते पार्टी एकता तथा मदन आश्रित स्मृति दिवसको दिन पारेर सबै घोषणा गर्ने तयारी भइरहेको छ ।

एकताको सबै आयामलाई सम्पन्न गर्दै १४७ सदस्यीय पोलिटव्युरो गठन, ४४१ केन्द्य्रीय सदस्यको कार्यविभाजन र १६ वर्गीय संगठनको नेतृत्व चयन सबै जेष्ठ ३ गते घोषणा गर्ने तयारी भइरहेको छ ।

पूर्व एमालेका ५९ जना पोलिटव्युरो रहेकोमा थप २३ जनाले अवसर पाउने भएका छन् । सचिवालयका सबै नेताहरु स्वत : पोलिटव्युरोमा पर्ने छन् । यस्तै स्थायी समिति र विभिन्न आयोगका अध्यक्षहरु पनि पोलिव्युरो सदस्य बन्ने पक्का छ ।

वरिष्ठताको आधारमा प्रदीप नेपाल, अष्ट लक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, महेन्द्र बहादुर पाण्डे, थममाया थापा र गंगालाल तुलाधर पोलिटव्युरोमा पर्ने पक्का छ । यस्तै युवा र सक्रियताको आधारमा भानुभक्त ढकाल, विजय पौडेल, कासीनाथ अधिकारी, कर्ण थापा, जगत विश्वकर्मा पनि पोलिटव्युरोमा पर्ने नेतामा गनिएका छन् । यस्तै राजेन्द्र राई, खिमलाल भट्टराई, ठाकुर गैरे जस्ता अखिलका पूर्वअध्यक्षहरु पनि नयाँ पोलिट व्युरो बन्ने पक्का छ ।

राधा ज्ञवाली, श्रीमाया थकाली, बिन्दा पाण्डे, जयन्ती राई, सुशीला नेपाल र गौरा कोइराला पनि पोलिटव्युरो सदस्य बन्ने स्रोतले बताएको छ ।

यस्तै पूर्वमाओवादीबाट ६२ जना पोलिटव्युरो छानिने छन् । प्राय सबै ९९ सदस्यीय सचिवालयका नेता नेकपाको पोलिटव्युरोमा छानिने बताइएको छ ।

सचिवालय र स्थायी समितिमा रहेको बाहेक पम्फा भुसाल, जयपुरी घर्ति, ओनसरी घर्ति पोलिटव्युरो छानिने पक्का छ । यस्तै मातृका यादव, विश्वनाथ साह र महेश्वर गहतराज पनि पोलिटव्युरोका लागि काबिल नेता मानिएको छ । अमृता थापा, कमला रोका, झक्कु सुवेदी, उर्मिला अर्याल, हित बहादुर तामाङ, हितराज साक्य पनि पोलिटव्युरोमा स्थान सुरक्षित गरी सकेको मानिएको छ ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार १५:५३ मा प्रकाशित

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

काठमाडौं । दुरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक ३० कम्पनीलाई सातदिन...

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ...