back
CTIZAN AD

दुबईमा सिल्भर स्पून रेष्टुरेण्ट र लुम्बिनी गेष्ट हाउस रमादानमा पनि खुला रहने

वि.सं.२०७६ वैशाख २८ शनिवार

663 

shares

लालबहादुर ढेंगा, दुबई, युएई । गएको ६ मे सोमबारदेखि सुरु भएको मुस्लिम धर्मालम्बीहरुको रमादानमा दुबईस्थित लामो समयदेखि नेपाली विभिन्न परिकारका स्वादहरु पस्कदै आएको सिल्भर स्पून नेपाली रेष्टुरेण्ट र लुम्बिनी गेष्ट हाउस सधै जस्तै नियमित रुपमा खुला रहने भएको छ । दुबईको कानुनी प्रक्रिया अन्तर्गत उक्त रेष्टुरेण्ट र गेष्ट हाउस खुला गरिने भएको हो ।

एक महिनासम्म चल्ने रमादानमा सांझको सात बजेसम्म रेष्टुरेण्टहरु बन्द हुने गर्दछ भने बाहिर खुला रुपमा खान र पिउन नपाउने चलन रहेको छ । बिहानको दश बजेदेखि रातीको एक बजेसम्म खुला राखिने सिल्भर स्पून रेष्टुरेण्ट र लुम्बिनी गेष्ट हाउसमा खानको व्यवस्थाका साथै होम डेलिभेरीको सुविधा समेत रहेका छन् । जसमा शुभ विवाह पार्टी, बर्थडे पार्टी र अन्य कुनै पनि पार्टीका लागि अर्डर अनुसारका बुकिङ्गको व्यवस्था पनि गरिएको छ ।

नेपालीहरुको जमघट हुने मुख्य ठाउं बर दुबईमा यस्ता खालका सुविधाले खासगरी शुक्रबारे बिदाका दिन बिदामा निस्कने आम नेपालीहरुलाई लाभ मिल्ने भएको छ । विगतमा जस्तै बाहिर बस्न नपर्ने र खानका लागि सांझसम्म कुर्न नपर्ने भएको छ । यो सुविधा नेपाली ग्राहक तथा गैर नेपाली ग्राहक वर्गहरुमा धेरै उपयोग हुने सोही रेष्टुरेण्ट तथा गेष्ट हाउसका संचालक नेत्र शर्माले बताए ।

वि.सं.२०७६ वैशाख २८ शनिवार १४:११ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...