back

दुबईमा सिल्भर स्पून रेष्टुरेण्ट र लुम्बिनी गेष्ट हाउस रमादानमा पनि खुला रहने

वि.सं.२०७६ वैशाख २८ शनिवार

45 

shares


लालबहादुर ढेंगा, दुबई, युएई । गएको ६ मे सोमबारदेखि सुरु भएको मुस्लिम धर्मालम्बीहरुको रमादानमा दुबईस्थित लामो समयदेखि नेपाली विभिन्न परिकारका स्वादहरु पस्कदै आएको सिल्भर स्पून नेपाली रेष्टुरेण्ट र लुम्बिनी गेष्ट हाउस सधै जस्तै नियमित रुपमा खुला रहने भएको छ । दुबईको कानुनी प्रक्रिया अन्तर्गत उक्त रेष्टुरेण्ट र गेष्ट हाउस खुला गरिने भएको हो ।

एक महिनासम्म चल्ने रमादानमा सांझको सात बजेसम्म रेष्टुरेण्टहरु बन्द हुने गर्दछ भने बाहिर खुला रुपमा खान र पिउन नपाउने चलन रहेको छ । बिहानको दश बजेदेखि रातीको एक बजेसम्म खुला राखिने सिल्भर स्पून रेष्टुरेण्ट र लुम्बिनी गेष्ट हाउसमा खानको व्यवस्थाका साथै होम डेलिभेरीको सुविधा समेत रहेका छन् । जसमा शुभ विवाह पार्टी, बर्थडे पार्टी र अन्य कुनै पनि पार्टीका लागि अर्डर अनुसारका बुकिङ्गको व्यवस्था पनि गरिएको छ ।

नेपालीहरुको जमघट हुने मुख्य ठाउं बर दुबईमा यस्ता खालका सुविधाले खासगरी शुक्रबारे बिदाका दिन बिदामा निस्कने आम नेपालीहरुलाई लाभ मिल्ने भएको छ । विगतमा जस्तै बाहिर बस्न नपर्ने र खानका लागि सांझसम्म कुर्न नपर्ने भएको छ । यो सुविधा नेपाली ग्राहक तथा गैर नेपाली ग्राहक वर्गहरुमा धेरै उपयोग हुने सोही रेष्टुरेण्ट तथा गेष्ट हाउसका संचालक नेत्र शर्माले बताए ।

वि.सं.२०७६ वैशाख २८ शनिवार १४:११ मा प्रकाशित

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही...

बेलायतमा कार दुर्घटनामा परि मेजर राईको निधन

बेलायतमा कार दुर्घटनामा परि मेजर राईको निधन

काठमाडौं । बेलायतमा कार दुर्घटनामा परि एक नेपालीको दुःखद निधन...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...