back

वामपन्थी नेता अधिकारी उपचारका लागि काठमाडौँमा

वि.सं.२०७६ वैशाख २९ आइतवार

36 

shares

२९ बैशाख, चितवन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । फोक्सोमा क्यान्सरको सङ्क्रमण देखिएपछि अधिकारीको गत पुसयता यहाँको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो ।

अधिकारीका ज्येष्ठ सुपुत्र एवं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि शनिबार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल लगिएको हो । अधिकारीको फोक्सो र मुटुको बीच भागमा सेकाउनुपर्ने भएकाले यहाँका चिकित्सकको परामर्शमा त्यहाँ लगिएको हो ।

विसं २०१२ मा गोर्खाको अजिरकोट गाउँपालिकामा जन्मनुभएका अधिकारी विसं २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा लागेका थिए । जनयुद्धका समयमा उनको टाउकाको मूल्य रु २५ लाख तोकिएको छोरा नारायणले बताए । माओवादी पार्टी विभाजनसँगै उनी वैद्य नेतृत्वको पार्टीमा लागेका थिए र अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतले अस्पतालमै आएर स्वास्थ्यलाभको कामनासहित सहयोगको आश्वासन दिएका थिए ।

परिवारका सबै सदस्य राजनीतिमा पूर्णकालीन रुपमा लागेकाले हाल उपचारमा समेत आर्थिक समस्या भएको बहिनी शान्ता अधिकारीले जानकारी दिइन् । सरकारले सहयोगको आश्वासन दिए पनि हालसम्म प्राप्त नभएको र प्रक्रियामा रहेको जानकारी पाएको उनले बताए । अधिकारीका छोरा नारायण पार्टीको गोर्खा जिल्ला इन्चार्ज हुनुहुन्छ भने बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य छन् ।

वि.सं.२०७६ वैशाख २९ आइतवार १०:२७ मा प्रकाशित

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

पाटन । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन...

विचौलिया विना देवघाटका सुन्तला  काठमाडौं  ल्याउने महानगरको भनाई

विचौलिया विना देवघाटका सुन्तला काठमाडौं ल्याउने महानगरको भनाई

मिला दरै, डुम्रे (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–१, २, ३...

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर...